Wednesday 3rd June 2026

भारतीय मिडियाको आरोप : नेपाली सेनामा घुसपैठ गराएर पाकिस्तान भारतविरुद्ध षडयन्त्र गर्दैछ

7 years अगाडी

एजेन्सी । भारतको चर्चित मिडिया ‘आजतक’ ले आफ्नो गोप्य सुत्रको हवाला दिँदै पाकिस्तानको गुप्चतर एजेन्सी ‘आईएसआई’ नेपाली सेनामा घुसपैठ गर्ने प्रयासमा रहेको समाचार प्रकाशित गरेको छ । 

यसको लागि पाकिस्तानको गुप्चतर एजेन्सी आईएसआई र पाकिस्तानी सेना नेपालको राजधानी काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज (राष्ट्रिय प्रतिरक्षा कलेज)’ बनाइरहेको जानकारी आफूहरुले प्राप्त गरेको समाचारमा लेखिएको छ ।

चीनको शैलीमा पाकिस्तान नेपालसँग नजिक हुने कोशिस गरिरहेको र त्यसमार्फत नेपालमा भारतविरोधी काम गर्न खोजिएको ‘आजतक’ले आरोप लगाएको छ ।सुरक्षा विभागको सुत्र भन्दै सो मिडियाले पाकिस्तानले काठमाडौँमा ‘नेशनल डिफेन्स कलेज’ बनाएर नेपाली सेनामा आफ्नो प्रभाव बलियो पार्न खोजेको दावी गरेको छ ।

‘आजतक’ले पाकिस्तानले काठमाडौँमा रहेको आफ्नो हाई कमिशनमार्फत भारतविरोधी प्रोपागाण्डा पनि चलाइरहेको आरोप पनि लगाएको छ ।‘नेशनल डिफेन्स कलेज’ बनाउने विषयमा पछिल्लो केही दिनभित्र पाकिस्तान र नेपालबीच कयैन चरणमा बैठक भइसकेको जानकारी आफूहरुसँग रहेको ‘आजतक’को दावी छ ।

सोही समचारमा मोरङ जिल्लामा लश्कर–ए–तोयबाका संदिग्ध मौलाना उमर मदनी भारत विरोधी कार्य गरिरहेको पनि लेखिएको छ । मौलाना मदनीले विदेशबाट पैसा मगाएर नेपालका मुसलमान बहुल जिल्लाका मुसलमान युवाहरुलाई लश्करमा सामेल गराइरहेको समाचारमा उल्लेख छ । भारतीय गुप्तचर एजेन्सीहरुले मदनीले विदेशी रकम नेपालका एनजीओहरुमार्फत ल्याएको इशारा गरेको र यसमा कतारदेखि समेत पैसा आइरहेको उसको दावी छ ।

नेपाल र भारतबीच १७५१ किमी लामो खुल्ला सिमाना रहेको छ । यस खुल्ला सिमानालाई पाकिस्तानले भारतविरुद्ध प्रयोग गर्ने गरेको भारतीय मिडियाहरुले पहिलेदेखि आरोप लगाउने गरेका छन् ।तर, नेपालको वैधानिक संस्था नेपाली सेनानै एक विदेशी मित्र राष्ट्र गुप्चतरको प्रभावमा परेर छिमेकी मित्रराष्ट्रविरुद्ध लाग्न लागेको समाचार आउनु निक्कै गम्भिर विषय हो ।  

          April 4, 2019 12:34 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...