अञ्जु पन्त भन्छिन् ‘मलाई झुण्ड्याएर मार्न खोजेको हो ?
काठमाडौं । सामाजिक सञ्जाल फेशबुकमा गायिका अञ्जु पन्तको एउटा तस्विर बुधवार बिहान कसैले पोष्ट ग¥यो । तस्विर तराईको परिवेशमा खिचिएको थियो । एउटा गाडीको डिक्की खुल्ला थियो । गाडीको डिक्की भित्र केही झोला र किताबका बण्डल प्रष्ट देखिन्थ्यो । छेउमै उभिएकी थिइन् गायिका अञ्जु पन्त ।
त्यहि तस्बिरमा अधिकांशले क्याप्सन लेखे गायिका अञ्जु पन्त राहत संगै बाइबलको पुस्तक लिएर हुरी बतास पिडित भएको ठाउँमा पुगिन् । तस्विर क्षणभरमै भाईरल भयो ।
हामीले अञ्जु पन्तले सोध्यौ खास कुरा के हो ? अन्जु पन्तको भनाई अनुसार केही महिना अघि मात्रै गायिका पन्त तराई क्षेत्रमा बसोबास गर्ने निम्न आय भएका वालवालिकालाई शैक्षिक सामग्री प्रदान गर्नका लागि गाडी लिएर गएकी थिईन् ।
उनी भन्छिन् ‘मुसहर र चेपाङबस्तीका बालवालिकालाई कम्प्युटर, स्टेशनरी सामग्री वितरण गरेकी थिएँ ।’ उनी एक हप्तासम्म राहत वितरणकै लागि तराई बसिन् । वालवालिकालाई लेख्ने कपी, इरेजर, झोलालगायतका शैक्षिक सामग्री वितरण गरेर आइन् । त्यहि वेला खिचिएको तस्विरलाई बाइबल बाँडी भनेर लेखेको भन्दै उनले आश्चर्य व्यक्त गरिन् ।कमल थापाले समेत ट्वीट गरेको देख्दा अचम्म लाग्यो
सोही तस्विरलाई राप्रपा अध्यक्ष कमल थापाले समेत ट्वीट गरेका थिए । कमल थापाले समेत कुरा नबुझी ट्वीट गरेकोमा आश्चर्य व्यक्त गरिन् उनले ।धेरै ट्राभल गरेका कारण अहिले उनलाई पिठ्युमा समस्या छ ।
डक्टरले उनलाई केही दिन रेष्ट गर्न सुझाब दिएका छन् । बुधवार बिहान उनी रेडियो नेपालमा थिईन् । रेडियो नेपालद्धारा आयोजि राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा उनी निर्णायक थिईन् । सोही कार्यक्रममा व्यस्त भएकी गायिका पन्तले आफ्नो तस्विर फेशबुकमा भाइरल भएको दिउसो मात्रै थाह पाईन् ।
आधुनिका गायनमा पोख्न अन्जुको गुनासो थियो । मैले गलत गरें भने आलोचना टिप्पणी गर्नुस् म रिसाउदिन । ‘हुदै नभएको विषयमा राष्ट्रिय व्यक्तित्वहरुले अनावश्यक टिप्पणी गरे मलाई झुण्डिएर मरोस् भन्न खोज्नु भएको हो ?’ उनले प्रश्न गरिन् ।
April 4, 2019 2:24 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता