बीस वर्षपछि रिलमा अमिताभसँग रोमान्स गर्दै बाहुबलीकी अभिनेत्री
मुम्बई । अभिनेता अमिताभ बच्चन र बाहुबलीकी अभिनेत्री राम्या कृष्णन एक साथ पर्दामा देखिने भएका छन् । दुबै फिल्म ‘यूरन्था मानिथान’ देखिनेछन् । अमिताभ बच्चन पहिलो पटक कुनै तमिल फिल्ममा देखिनेछन् ।
तामिलभानानले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । यो फिल्म हिन्दी भाषा पनि रिलिज गरिनेछ । फिल्मको केही भागको शूटिंग मुम्बईमा भइरहेको छ । समाचार अनुसार दुबै यो फिल्म रोमान्स गरिरहेको देखिनेछन् ।
यसअघि अमिताभ बच्चन र राम्याले फिल्म ‘छोटे मियाँ और बडे मियाँ’मा सँगै काम गरेका थिए । सो फिल्म २९९८ मा रिलिज भएको थियो । सो फिल्ममा दुबैको अभिनयको निकै प्रशंसा भएको थियो ।
फिल्ममा गोविन्दा र रविना टण्डन पनि महत्वपूर्ण भूमिकामा थिए । समाचार एजेन्सी आईएएनएससँग कुरा गर्दै निर्देशकले राम्य र अमिताभ बच्चनको जोडी बनाएको खुलासा गरे । उनले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै यो जोडीसँग काम गर्दा निकै उत्साह भएको बताए ।
यो फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता तथा फिल्म निर्माता एसजे सूर्याले आफ्नो ट्वीटर अकाउण्टमा अमिताभ बच्चनको लुक शेयर गरेका छन् । अमिताभले पनि सो फिल्मको आफ्नो लुक शेयर गरेका छन् ।
April 4, 2019 7:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता