मध्य रात मा नेपाल प्रहरी ले इन्काउनटर गर्यो
काठमाडौं -भारतबाट हतियार तस्करी गर्दै आएको एक समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा दोहोरो फायरिङ भएको छ। घटनामा एक हतियार कारोबारीको मृत्यु भएको छ।रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका करिब सवा १० बजे प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको हो। घटनामा गोली लागेका एक कारोबारीको उपचारको क्रममा गौरमा मृत्यु भएको संघीय प्रहरी इकाई वीरगञ्जका एसएसपी तारिणी प्रसाद लम्सालले बताए।
‘त्यो बाटोबाट हतियार तस्करी हुन्छ भन्ने सूचनामा बिशेष टोली खटाएका थियौं,’ एसएसपी लम्सालले भने,तीन जना व्यक्ति मोटरसाइकलमा आएको देखेपछि नियन्त्रणमा लिने प्रयास गर्दा उनीहरुले नै गोली चलाए, जवाफी फायरमा एक जनालाई प्रहरीको गोली लागेको हो।’ घटनास्थलबाट १२ राउन्ड गोलीसहितको एसएमजी बन्दुक भेटिएको उनको भनाई छ।मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन। उनी भारतीय भएको आँकलन गरिएको छ।
घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो। प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले घेरेका थिए। पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएको थियो।गृह मन्त्रालयकै निर्देशनअनुसार हतियार कारोबारीविरुद्ध अप्रेसन तिब्र बनाइएको एसएसपी लम्सालले बताए।-नेपाल लाइभ
June 29, 2018 1:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना