मध्य रात मा नेपाल प्रहरी ले इन्काउनटर गर्यो
काठमाडौं -भारतबाट हतियार तस्करी गर्दै आएको एक समूहलाई पक्राउ गर्ने क्रममा रौतहटमा दोहोरो फायरिङ भएको छ। घटनामा एक हतियार कारोबारीको मृत्यु भएको छ।रौतहटको राजदेवी नगरपालिकामा पर्ने बाग्मती खोलाको किनारमा बिहिबार बेलुका करिब सवा १० बजे प्रहरी र हतियार कारोबारीबीच दोहोरो फायरिङ भएको हो। घटनामा गोली लागेका एक कारोबारीको उपचारको क्रममा गौरमा मृत्यु भएको संघीय प्रहरी इकाई वीरगञ्जका एसएसपी तारिणी प्रसाद लम्सालले बताए।
‘त्यो बाटोबाट हतियार तस्करी हुन्छ भन्ने सूचनामा बिशेष टोली खटाएका थियौं,’ एसएसपी लम्सालले भने,तीन जना व्यक्ति मोटरसाइकलमा आएको देखेपछि नियन्त्रणमा लिने प्रयास गर्दा उनीहरुले नै गोली चलाए, जवाफी फायरमा एक जनालाई प्रहरीको गोली लागेको हो।’ घटनास्थलबाट १२ राउन्ड गोलीसहितको एसएमजी बन्दुक भेटिएको उनको भनाई छ।मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन। उनी भारतीय भएको आँकलन गरिएको छ।
घटनापछि केही समय घटनास्थल तनावग्रस्त भएको थियो। प्रहरीहरु सादा पोशाकमा गएकाले उनीहरु पनि अपराधी भएको आशंकामा स्थानीयले घेरेका थिए। पछि प्रहरीले मेयर र थप प्रहरीलाई बोलाएको थियो।गृह मन्त्रालयकै निर्देशनअनुसार हतियार कारोबारीविरुद्ध अप्रेसन तिब्र बनाइएको एसएसपी लम्सालले बताए।-नेपाल लाइभ
June 29, 2018 1:33 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण