‘हेल्लो जिन्दगी’ मा दीपिका प्रसाई
सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ पछि विवाह बन्धनमा बाँधिएकी अभिनेत्री दीपिका प्रसाई चलचित्र क्षेत्रबाट बाहिरिने धेरैको अनुमान थियो अन्ततः त्यो अनुमान गलत साबित भएको छ ।चलचित्र ‘छक्का पञ्जा ३’ रिलिजको लामो समय पश्चात अभिनेत्री दीपिका प्रसाई नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । उनि अनुबन्धित भएको चलचित्र हो ‘हेल्लो जिन्दगी’ ।
चलचित्रको छायांकन यही चैत अन्तिम साताबाट सुरु हुने बुझिएको छ । निर्देशक एभरेष्ट सूर्य बोहरा केही दिनमा चलचित्रको छायांकनको तयारीका लागि बेलायत जाने तयारीमा छन् । निर्देशक बोहरा गएको केही दिनमा कलाकारसहितको जम्बो टोली ‘हेल्लो जिन्दगी’ छायांकनको लागि बेलायत प्रस्थान गर्ने बुझिएको छ । अभिनेत्री दीपिका प्रसाईले चलचित्र ‘हेल्लो जिन्दगी’ साइन गरिसेकाको बताएकी छिन् ।
निर्देशक दिवाकर भट्टराई र दीपिका प्रसाईले हिन्दु परम्परा अनुसार वैशाखमा विवाह गर्ने बताएका थिए । यही कारण पनि चलचित्र गर्ने नगर्ने टुंगो थिएन त्यसकारण पनि आफू चलचित्रमा अनुबन्ध भएको कुरा सार्वजनिक नगरेको दीपिकाको भनाइ छ ।
दीपिका भन्दा पहिले चलचित्रमा अभिनेत्री श्वेता खड्का फाइनल भैसकेकी छन् । श्वेता, दीपिकाका अलावा चलचित्रमा सलोन बस्नेत, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतका कलाकारको अभिनय रहनेछ ।
विराञ्जना इन्टरटेन्मेन्टको ब्यानरमा निर्देशक बोहोराको लेखन तथा निर्देशनमा निर्माण हुने चलचित्रलाई सृजना जोशीले निर्माण गर्न लागेकी हुन् । चलचित्रलाई अहिलेका सर्वाधिक व्यस्त र महंगा छायांकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । चलचित्रका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराईको स्वर रहने बताइएको छ ।
April 6, 2019 12:13 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो