जीपको ठक्करबाट सर्लाहीकाे बरहथवामा एक जनाकाे ज्यान गयो
7 years अगाडी
Susma Dhakal
सर्लाही – जीपको ठक्करबाट सर्लाहीको बरहथवामा एक जनाकाे ज्यान गएको छ ।बरहथवा नगरपालिका वडा नं. १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शाैच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट ज्यान गएको हो ।
को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डीएसपी प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।
ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ । परीक्षणपछि मृतकको शव आफन्तले बुझेका छन्।
April 6, 2019 12:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...