Sunday 15th March 2026

हुरी पिडितसँग रमितेको सेल्फी र भिडियो ! सहयाेग गर्ने भन्दा रमिता देखाउने बढी !

7 years अगाडी

वीरगन्ज – हुरी प्रभावित भरबलियास्थित दुरपतिदेवीको घरअघि उभिएर एकजनाले ‘सेल्फीस्टिक’ मा स्मार्ट मोबाइल हालेर त्यहाँको दृष्य हिन्दी भाषामा बयान गर्दै थिए । पक्की घर, कच्ची घर, खपटाको घर भत्किएका र टेम्पोसमेत कुल्चिएको बयानसहित तस्बिर ती व्यक्तिले मोबाइलमा खिचिरहेको देखेर अन्य मानिस पनि त्यहाँ भेला हुन थाले । भीड बढ्दै गयो ।

ती व्यक्तिले एकछिन बिराम लिएको मौका छोपेर एकजनाले सोधे, ‘कुन मिडिया हो ?’ तर जवाफ आएन । फेरि अर्कोले दोहो-याएर त्यही प्रश्न सोधेपछि जवाफ आयो– मिडिया होइन ‘फेसबुक लाइभ’ हो । याे समाचार रितेश त्रिपाठीले नागरिक दैनिकमा लेखेका छन् ।

यस्तो जबाफ सुनेपछि उत्सुक भएर जम्मा भएका अन्य खिन्न भएर आआफ्नो बाटो लागे । उनीहरु पनि बाहिरबाट क्षतिको दृष्य हेर्न आएका थिए ।हुरीले विनाश गरेको भोलिपल्ट सोमबार बिहान आठ बजेतिरको दृष्य थियो यो । हुरी प्रभावित बस्तीमा मोबाइल भिडियोग्राफी, मोबाइल फोटोग्राफी र सेल्फी लिने र रमिता हेर्नेको लस्कर दिनहुँ जसो देखिन्छ ।

‘यहाँ त गढीमाईको मेलाजस्तै भएको छ,’ भरबलियाका बिक्की महतोले भने, ‘सीमापारी इन्डियाका मानिस दिनहुँ दर्जनौं ट्याक्टर र जिप चढेर आइरहेका छन् । यता पर्सा र उता रौतहटसम्मका मान्छे पनि आएका छन् ।हामी पीडित गास, बास र कपास नपाएर हैरान छौं तर कसलाई भन्ने ?’ उनले अपेक्षा गरेजस्तो पीडितलाई राहत र थप पीडा नहुने खालका काम गरिदिने मानिसको कमी छ ।

          April 6, 2019 1:02 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...