

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणका लागि च्यारिटी प्रतियाेगिता मातृभूमि कप स्थगित

काठमाण्डाै – चितवनको भरतपुरमा निर्माण हुन लागेकाे ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को सहयोगका लागि आज (शनिबार) हुने भनिएकाे च्यारिटी क्रिकेट प्रतियाेगिता मातृभूमि कप स्थगित भएकाे छ।
रातिदेखि भएकाे वर्षाका कारण खेल स्थगित भएकाे हाे। खेल कहिले हुने भन्ने अझै टुङ्गाे लागेकाे छैन।प्रतियोगितामा कलाकारहरुको दुई टोली र राष्ट्रिय क्रिकेटरको दुई टाेलीले प्रतिस्पर्धा गर्नेछन् । धर्मुस सुन्तली फाउन्डेसनले बनाउने लागेकाे क्रिकेट मैदानकाे सहयाेगका लागि हुन लागेकाे प्रतियाेगिता बिहान १० बजेबाट सुरू हुने भनिएकाे थियाे ।
खेलका लागि कलाकारहरू पछिल्लाे केही दिनदेखि अभ्यास गरिरहेका थिए । क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरिएकाे छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् ।
कलाकारकाे टिम ‘ए’ मा मदनकृष्णसहित सन्दीप क्षेत्री, सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, हेमराज बिसी, घनश्याम गौतम, निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।
यस्तै, समूह बी मा हरिवंशसहित सलिनमान बनियाँ, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, वीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।
क्रिकेटरमा नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, आरिफ शेख, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी र भुवन कार्की छन् ।
नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, सुसन भारी, दिलीप नाथ, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब र प्रदीप ऐरी रहेका छन् ।
April 6, 2019 1:23 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन

नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पिडितलाई १ लाख ९० हजार रुपैयाँ आर्थिक सहयोग ।

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

