Sunday 8th March 2026

आज घट्यो की बढ्यो सुनको भाउ ? यस्तो छ बजारभाउ

7 years अगाडी

काठमाडौं । आज आईतबार सुनको मूल्य उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

 आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।  काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          April 7, 2019 11:01 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...