Thursday 21st May 2026

‘बार्सिलोना आउने भए ग्रिजम्यान मेस्सीको ओझेलमा रहेर खेल्न सक्नुपर्छ’

8 years अगाडी

एजेन्सी, २३ जेठ । पुर्व बार्सिलोना खेलाडी मेनडिटाले एन्टोनियो ग्रिजम्यान बार्सिलोना आउनेबारे आफ्नो टिप्पणी दिएका छन् । उनले ग्रिजम्यान बार्सिलोना मेस्सीको आझेलमा पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘बार्सिलोनामा धेरै उत्कृष्ट खेलाडीहरु रहेका छन् । सबै खेलमा उनले उत्तिकै मौका पाउने सम्भावना कमजोर रहेको छ । बार्सिलोना आएपछि मेस्सीको भुमिका सदैव महत्वपुर्ण हुन्छ । उनको ओझेलमा रहेर खेल्न सक्ने हिम्मत पनि जुटाउन सक्नुपर्छ ।’

फ्रान्सका राष्ट्रिय खेलाडी ग्रिजम्यानले पछिल्लो समय विश्वकपको तयारीमा जुटेका छन् । उनी बार्सिलोना जाने हल्ला व्यापक चलिरहेको छ । तर, उनले यसबारे भने खुलेर बोलेका छैनन् ।एट्लेटिको मड्रिडका महत्वपुर्ण खेलाडी रहेका उनले बार्सिलोना जाने निर्णय गर्ने नगर्ने दोधारमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

          June 6, 2018 11:45 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...