Tuesday 10th March 2026

७३ वर्षको उमेरमा फुटबल खेलेर नयाँ कीर्तिमान

7 years अगाडी

एक इजरायली नागरिकले ७३ वर्षको उमेरमा फुटबल खेलेर नयाँ कीर्तिमान कायम गरेका छन् ।इसाक हायिक नामका एक वृद्धले शुक्रबार इजरेली क्लब इरोनी ओर येहुदाबाट गोलरक्षक बनेर फुटबल खेलेका हुन् । उनले आफू वृद्धावस्थामा भए पनि खेलका लागि तयार रहेको बताएका थिए । उनले ९० मिनेट पुरै खेल खेलेका थिए ।

खेल सकिएपछि उनलाई गिनिज वल्र्ड रेकर्ड्सले पुरस्कार पनि प्रदान गरेको थियो । उनको टिम ५–१ गोलले पराजित भए पनि उनले निकै राम्रो प्रदर्शन गरेका थिए । उनले आफ्नो प्रदर्शनलाई इजरायलको गौरवको विषय भएको प्रतिक्रिया दिएको समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

          April 7, 2019 11:24 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...