रबि लामिछानेले किन छोडे एकाएक राजधानी ? मध्यराति आए लाईभमा (भिडियो सहित)
काठमाडौं । कालिकोट रास्कोटकी ७ वर्षीया आशा न्यौपानेको दाँतको गिजा केही समय अघि सामान्य सुन्निएको थियो । गाँउमा सामान्य सिटामोल पाइने स्वास्थ्य चौकी बाहेक थप उपचार गर्नु परे पनि ६ घण्टाको यात्रा तय गरेर सदरमुकाम मान्वा हुँदै अन्यत्र पुग्नु पर्ने भएपछि परिवारले खासै चासो देखाएन ।
बालबालिकाको रोग ठीक भैहाल्छ भन्दै बसेका आशाका परिवार अहिले भने चिन्तित छन् । अहिले पहिले सामान्य देखिएको इन्फेक्सनले भैयावहरुप लिइरहेको छ । गिँजामा जमेको पिप उनको अनुहार हुँदा मष्तिस्कसम्म फैलियो । सामान्य अवस्थामा हुर्केकी आशा अहिले असमान्य हुँदै छन् ।
गत साउन महिना रास्कोटकै एक गर्भवती महिलाको रक्तचाप उच्च भयो । यस्तो अवस्थामा तुरुन्त अस्पताल लगेर शल्यक्रिया गर्नुपर्ने भएपनि गाँउमा देवी लागेको भन्दै २ दिनसम्म झारफुकमै समय खर्च भयो । गाँउमा रहेको स्वास्थ्य चौकीमा उनको उपचार सम्भव थिएन । संयोगबस गाँउमा पुगेका डा. मुकुल ढकालले ती महिलालाई भेट्न पाए र देवी लागेको भन्ने मनोविज्ञान परिर्वतन गरी तत्काल अस्पताल पु¥याए ।
हो, केही समय अघि टेलिमेडिशिन प्रोजेक्टमा काम गर्दै गर्दा कालिकोट पुगेको डा मुकुल ढकालले यस्तै दृश्य अनगिन्ती देखे । धम, खोकीमा समेत उपचार पाउन मुस्किल गाँउको स्वास्थ्य चौकी, दैनिक जसो भीरपाखा गर्दा घाइते भएर उपचार बिनै बल्झिरहेका सर्वसाधारणका घाउ, डोकोमा बोकेर ६ घण्टा यात्रा तय गर्नुपर्ने उनीहरुको बाध्यता देखेपछि आफ्नै सहकर्मी फार्मेसिस्ट कविन मलेगु, न्युज २४ टेलिभिजन र पत्रकार रवि लामिछानेसँग यही अवस्था सुनाए र सुरु भयो कर्णाली प्रदेशको कालिकोट स्थित रास्कोट नगरपालिकामा रास्कोट सामुदायिक अस्पताल अभियान ।
डा. मुकुल ढकाल तथा ‘सीधाकुरा जनताँसग’ कार्यक्रम सञ्चालक पत्रकार रवि लामिछानेले विदिवतरुपमा नै अस्पताल निमार्णका अभियान सुरु गरे । कालिकोट सामुदायिक अस्पताल पूर्णरुपमा स्थानीयको स्वामित्वमा रहेको अस्पताल हुने छ ।
प्रदेश सरकार, नगरपालिका तथा स्थानीयले नै यो अवस्ताल दिर्घकालीन सञ्चालन तथा व्यवस्थानको जिम्मा हुने छ । अस्पताल सबै डिजिटल पद्धतीमा सञ्चालनमा आउने छ । एक पटक अस्पतालमा दर्ता भएका बिरामीको रेर्कड अस्पतालको सर्भरमा रहिरहने छ, जसको कारण बिरामीले पटक पटक आउँदा बिरामी पुर्जीको झण्झट हटेर जाने छ ।
यति मात्रै होइन अस्पतालमा उपल्बध नभएको सेवाको बारेमा इन्टरनेट प्र्रविधि मार्फत समन्वय गरी उपचार गरिने छ । सुरुमा अस्पतालमा १५ शैयाको हुनेछ, भने सम्पूर्ण टेष्टहरु उपलब्ध हुनेछन् ।
तत्काल एक जना एमडिजीप चिकित्सक, ४ जना एमबिबिएस चिकित्सक रहने अस्पतालमा मासिक, चौमासिक तथा अर्धबार्षिकरुपमा बिषेशज्ञ मार्फत सेवा दिइने छ । सबै सेवा सरकार अस्पतालकै शुल्क सरह हुने छन् भने एपेन्डिसाइज लगाएत इमरजेन्सी शल्त्रयक्रिया हुने छन् । ५ करोड बढीको लागतमा निर्माण हुन लागेको अस्पातालका लागि रास्कोट नगरपालिकाले २ सय २२ रोपनी जग्गा उपल्बध गराएको छ ।
चिकित्सकको टोलीसहित न्युज २४ टेलिभिजनले विकट गाँउमा निर्माण गर्न लागेको सामुदायिक अस्पतालको शनिबार कर्णाली प्रदेशका मन्त्री, जिल्ला स्थित सरोकारवाला ब्यक्ति, स्थानीय जनप्रतिनिधि तथा स्थानीयले अस्पतालको निमार्ण र सञ्चालनको लागि सबैमा सहयोग आह्वान गरे ।अस्पताल निमार्ण भएसँगै रास्कोट नगरपालिका, शान्मी त्रिवेणी गाँउपालिका, पचलझर्ना गाउँपालिका, तथा बाजुराको जगन्नाथ गाँउपालिका, बुढीनन्दा गाँउपालिकाका करिब १ लाख स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
अस्पताल निर्माण हुने भएपछि स्थानीयमा सामान्य उपचारकै अभावमा ज्यान गुमाउनु पर्ने बाध्यता हटने आश गरेका छन् ।आगामी कात्तिकदेखि भवन निर्माण सुरु हने भएपनि तत्कालै अस्पतालको सेवा भने अहिले आर्युवेदिक अस्पतालका रुपमा खालि रहेको भवनबाट सुरु हुँदैछ ।अस्पताल निमार्णका लागि देश विदेशबाट अभियान्ताहरुले १ करोड सहयोग संकलन गरिसकेका छन् भने अब तीब्र गतिमा आर्थिक अभियान चलाइने बताइएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता