छोरी ट्रोल भएपछि भड्किएका अजय देवगनले जवाफमा भने- हाम्रा बच्चालाई एक्लै छोडिदिनुस्
बलिउड सुपरस्टारका बच्चाहरु कुनै न कुनै कारण समाजिक सञ्जालमा ट्रोल भइरहेका हुन्छन् । यस पटक अभिनेता अजय देवगन र काजोलकी १४ वर्षीया छोरी न्यासा ट्रोल भएकी छिन् । न्यासा उनले लगाएको छोटो लुगाका कारण ट्रोल भएकी हुन् ।
सामाजिक सञ्जाल प्रयोगकताहरुले न्यासाको विषयमा अनेक टिकाटिप्पणी गरिरहेका छन् ।
छोरी न्यासालाई सामाजिक सञ्जालमा ट्रोल गरेको थाहापाएपछि दुखी भएका अजयले यस विषयमा जवाफ फर्काएका छन् । अजयले भनेका छन् ‘जब यस्तो ट्रोलिङ हुन्छ तब मेरी छोरी न्यासा मात्रै नभई पुरै परिवार प्रभावित हुन्छ । न्यासा केवल १४ वर्षकी छिन् । तर मलाइ लाग्छ मानिसहरु कहिलेकाहीँ आफ्नो मर्यादा भुलेर बकवास गर्न थाल्छन् ।’

अजयले आफ्नी छोरीले लगाएको लुगाको विपषयमा भने, ‘न्यासाले शर्टस् लगाएकी थिइन् तर उनले लगाएको लामो ड्रेसले शर्टस् छोपिएको थियो । त्यसपछि मानिसहरुले उनलाई ट्रोल गर्न सुरु गरिदिए । मलाई थाहा छैन यी कस्ता खालका मानिसहरु हुन् ।
तर उनीहरुले गरेको व्यवहारको मूल्य हामीले चुकाउनु परेको छ । म पापाराजीहरुसँग यति मात्रै अनुरोध गर्छु कि हाम्रा बच्चाहरुलाई एक्लै छोडिदिनुस् । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ । उनीहरु हरेक समय तयार भएर घरबाहिर निस्कन चाहँदैनन् ।’

अजय देवगन र काजोलका २ सन्तान- छोरी न्यासा र छोरा युग छन् । अजय आफ्नी छोरी न्यासा निकै समझदार रहेको अन्तरवार्ताहरुमा बताइरहन्छन् । सिंगापुरमा पढाइ गरिरहेकी न्यासाले सामाजिक सञ्जालको प्रयोग नगरे पनि उनका तस्बिरहरु मिडिया तथा साजिक सञ्जालमा छाइरहन्छन् ।
April 10, 2019 4:07 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता