आम्दा अस्पतालमा बालक मृत्यु प्रकरण: नर्समाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मी नै आन्दोलित
रुपन्देही– सोमबार साँझ उपचारका क्रममा मृत्यु भएका बच्चाको विषयलाई लिएर आम्दा अस्पतालमा फेरि लफडा भएको छ । बुुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा उपचारको क्रममा बुुटवल उपमहानगरपालिका ११ का नारायण दर्लामीका दश महिनाका छोरा ओमको मृत्युु भएपछि पीडित परिवार आन्दोलित छन् । शव नउठाई क्षतिपूर्ति दिनुपर्ने माग राख्लै हिजो विहानैबाट अस्पताललाई दवाव दिँदै आएका आफन्तहरुसँग राती तीन बुँद्धे सहमति भएको थियो ।
आज दिउँसो एक बजेपछि फेरि सोही घटनामा नर्समाथि हातपात भएको भन्दै स्वास्थकर्मीहरुले आकस्मिक बाहेकका सेवा बन्द गरिदिएका छन् । आज दिउँसो १ बजेदेखि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द भएका छन् ।
अस्पताल प्रमुख डा.विनोद पराजुलीले स्वास्थ्यकर्मीहरुले दिउँसो एक बजेदेखि इमरजेन्सी बाहेका अन्य काम नगरेको रातोपटीलाई बताए । नर्स ज्ञानु केसीले आफुहरुमाथि ड्युटीमा रहेकै बेला हातपात भएकोले असुरक्षित महसुस गर्दै आन्दोलन गर्नुपरेको दावी गरिन् ।
यस्तो थियो बालक मृत्युप्रकरण
बुटवल
सुख्खानगरका नारायण दर्लामीले १० महिने छोरा (ओम दर्लामी)को उपचारका लागि
सोमबार साँझ सवा ७ बजे आम्दामा भर्ना गराएका थिए । उपचारका क्रममा एक
घण्टापछि ८ः२० मा उनको मृत्यु भएको थियो । त्यसलगत्तै स्वास्थ्यकर्मीको
लापरवाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन
गरे ।

उनीहरुको आन्दोलनपछि अस्पताल प्रशासन र आफन्त बीच वार्ता भयो । वार्ताबाट दर्लामीका दुई छोरीलाई १० कक्षासम्म अस्पतालले निःशुल्क पढाइदिने, बुवा–आमा र दुई छोरीको उपचार अस्पतालले निशुल्क गर्ने, छोरीहरुको योग्यता पुगेपछि अस्पतालले रोजगारीका लागि प्राथमिकता दिने सहमति भएको थियो ।
सोही सहमतिमा असन्तुष्टि व्यक्त गर्दै अस्पतालमा कार्यरत नर्स लगायतका स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु गरेका हुन् । अस्पतालमा कार्यरत नर्स ज्ञानु केसीले स्वास्थ्यकर्मीको लापरवाही देखाएर गरिएको सहमतिमा आफ्नो सहमति नभएको बताइन् । उनले सो सहमतिप्रति आपत्ति जनाउँदै बिरामीको आमाले नर्सलाई हातपत गरेको अरोप समेत लगाइन् ।
हातपातको बिषय हिजो किन ओझेलमा
स्वास्थ्यकर्मीहरुका अनुसार बच्चाको मृत्यु भएपछि बच्चाका आमाले उपचारमा रहेकी नर्सलाई हातपात गरिकी हुन् । अस्पतालमा ल्याएर भर्ना गर्दा बच्चाको स्वासप्रश्वासमा समस्या भएको र आफूले चिकित्सककै सल्लाहअनुसार उपचार गरिरहेको उनले नाम नलेखिदिने शर्तमा बताइन् । उनले सो विषयमा डाक्टरलाई पनि जानकारी गराएको बताइन् ।
नर्सहरुका अनुसार बिरामी मृत्यु हुने बेलासम्म ३ जना डाक्टरकै निगरानीमा थियो । बच्चालाई ल्याडिन्जाईसिस (नाकबाट फोक्सोसम्मको स्वासप्रश्वास नली ‘ल्याडीस’मा संक्रमण) भएपछि आफन्तले उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएका थिए ।

केस सिरियस भएको भन्दै लुम्बिनीले युसिएमएस रिफर गर्यो तर आफन्तले भैरहवाको एक क्लिनिकमा देखाए । त्यो क्लिनिकबाट पनि आम्दा जान भनियो तर आफन्तले बुटवलको तिलोत्तमा अस्पतालमा डा.सन्तोष पोखरेललाई देखाए । यद्यपि, डा.पोख्रेलले आम्दामा भर्ना गराएका थिए । डा. सन्तोषको प्रेप्किप्सनले पनि बिरामीको अवस्था सिरियस देखाएको नर्सहरुले बताएका छन् ।
आफूहरुको प्रयास सधै बचाउनका लागि हुने भन्दै अस्पतालकी मेट्रोन सुशिला विश्वकर्माले बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि लगाएका सबै आरोपहरु निराधार भएको बताइन् ।
मृतक बच्चाका आपन्तले उपचारमा रहेका नर्सहरुलाई जहाँ देख्यो त्यही मार्दिन्छु भन्नेसम्मका धम्की दिएका कारण आफुहरु असुरिक्षत भएको नर्सहरुले आरोप लगाएका छन् । स्वास्थ्यकर्मीमाथि आरोपित गरेर गरिएको सहमति आफूहरुलाई स्वीकार्य नभएकाले उक्त सहमति खारेज गर्नुपर्ने माग सहित आन्दोलित भएको उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
April 11, 2019 11:24 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध