केन्याको रंगीला बारबाट १२ नेपाली युवती पक्राउ
7 years अगाडी
Susma Dhakal
काण्माण्डौ – केन्याको रंगीला बारबाट १२ जना नेपाली युवती पक्राउ परेका छन् । प्रहरीले बार सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
केन्याको दोस्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रंगिलाबारामा स्थानीय प्रहरीले छापामारी गर्दा बारमा रहेका नेपाली युवतीहरुलाई नियन्त्रणमा लिएको हो ।
गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी चलाएको कारवाहीमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्ने नेपाली युवतीहरुको नाम भने खुलाईएको छैन ।
नेपाली युवतीहरु मानव तस्करको फन्दामा परेर कसरी नेपालबाट केन्यासम्म पुगे भन्नेबारेमा जानकारी नभएको त्याहाँको प्रहरीले जनाएको छ ।
April 15, 2019 10:35 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...