प्रहरीलाई घुस दिन खोज्ने ३ जना पक्राउ
काठमाण्डाै – काठमाडौँ महानगरपालिका–१५ चमतीमा प्रहरीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रुपमा लत्ताकपडा बोकेर आउँदै गरेको बा ५ ख ४८४२ नंको बसमा जाँच गर्ने क्रममा प्रहरीलाई तीन लाख ५० हजार दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बस चालकसमेत तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बसका चालक काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सर्लाहीका श्याम विश्वकर्मा, काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने सुर्खेतका दीपा रानामगर र नुवाकोट ककनी गाउँपालिका–२ का भरत तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गए राति बस खानतलास गर्ने क्रममा अवैध रुपमा ल्याएको लत्ताकपडा बरामद गर्न खोज्दा प्रहरीलाई घुस दिन खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका– ३० का वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–३ टोखाबाट ४० वर्षीय नरबहादुर क्षेत्रीसहित नौ जनालाई दुई लाख ३६ हजार रुपैयाँसहित पक्राउ गरिएको छ ।
April 15, 2019 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता