भरुवा बन्दुक पड्किदा सोलुखुम्बुमा एक जनाको मृत्यु
7 years अगाडी
Susma Dhakal
सोलुखुम्बु – भरुवा बन्दुक पड्किदा सोलुखुम्बुको माप्यदुधकोशी गाउपालीका ४ मा एक जनाको ज्यान गएको छ ।
प्रहरीका अनुसार आईतबार साझ घरेलु भरुवा बन्दुक भर्ने क्रममा पड्किदा माप्यदुधकोशी गाउपालीका ४ डाडा गाउँका २० वर्षिय सुमन राईको मृत्यु भएको हो ।
बन्दुक भर्ने क्रममा पड्किएर पेटमा गोली लागेर गम्भिर घाईते भएका उनको उपचारको क्रममा फाप्लु ल्याउदै गर्दा आइतबार राती बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदिप सुबेदीले जानकारी दिनुभयो । शवलाई पोष्ट मार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
April 15, 2019 11:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...