यू–१९ विश्वकप एसिया छनोट : मलेसियामाथि नेपालकाे सानदार जित
आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई आठ विकेटले हराएको छ ।
नेपालका लागि पवन शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिए । यसैगरी कमलसिंह ऐरीले २ तथा सागर ढकालले एक विकेट लिए । मलेसियाका इजित फिक्वीले सर्वाधिक ३७ रन बनाउँदा मोहम्मद अमिरले १३ रन जोडे ।
यसैगरी हकिम हसरनले १० रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ९३ रनको लक्ष्य पक्ष्याएको नेपालले १३ ओभरमा दुई विकेट गुमाउदै पुरा गर्यो ।
झिनो लक्ष्य पाएको नेपालले राम्रो सुरुवात गरेको थियो । ४२ रन हुँदा नेपालले पहिलो विकेट गुमायो । नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १९ रनमा आउट भए ।
उनले १३ बलमा २ चौका र एक छक्का प्रहार गरे । उनी लामो प्रहार गर्ने क्रममा स्टम्पिङ हुन पुगे । त्यसपछि दोस्रो विकेटका लागि आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे ।
April 15, 2019 11:48 am | Uncategorized,खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)