यू–१९ विश्वकप छनाेट : नेपालले ओमानलाई १५० रनले हरायाे
आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।
मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पाैडेलले उकासेका थिए । जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाउँदा नेपालले बलियो लक्ष्य दियो ।
सुरुवात राम्रो गर्न नसकेको नेपालले १२ रनमा पहिलो विकेट गुमाएको भने ३३ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी हुन सकेनन् । छैटौँ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।
जवाफमा ओमान ४४ ओभर एक बलमा ७९ रनमा अलआउट भयो ।
ओमानका दुई खेलाडीबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । उसका अमनप्रित सिंहले र जील तान्नाले सर्वाधिक १३–१३ रन बनाउदा अरु खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए ।
२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउँदा चार विकेट खेर फालेको थियो । नेपालको कसिलो बलिङसामु निकै दबाबमा आएको ओमानले एकपछि अर्को विकेट गुमाउँदै ४६ रनमा ८ विकेट झार्यो ।
बलिङमा नेपालका पवन शरार्फले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले दुई-दुई विकेट लिए ।
April 16, 2019 2:26 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)