युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश
युभेन्टसमाथि सनसनीपूर्ण जित निकाल्दै आयाक्स युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग एक–एक गोलको बराबरी भएकोमा युभेन्टसको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा आयाक्सले २–१ को जित निकाल्न सफल भयो । जसका कारण उसले युभेन्टसमाथि समग्रमा ३–२ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो ।

पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेगमा पनि युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दिलाएका थिए । तर सो अग्रता धेरै बेर टिक्न सकेन ।
खेलको २८ औँ मिनेटमा रोनाल्डोले युभेन्टसलाइ एक शून्यले अगाडी राखेका थिए । तर त्यसको ६ मिनेटमा नै आयाक्सका भान डेर बिकले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ को बराबरी भएको खेलको ६७ औँ मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल पाहुना टिमलाई अग्रता दिलाए ।

आयाक्स क्लबको इतिहासमा यो नवाैँ पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । अन्तिम पटक आयाक्स सन् १९९६ मा सेमिफाइनलमा पुगेको थियो ।
युभेन्टसले एकै सिजनमा युरोपियन प्रतियोगितामा दुई वटा खेल घरेलु मैदानमा हार्न पुग्यो । च्याम्पियन्स लिगमा आयाक्सको यो लगातार तेस्रो अवे जित हो ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी