हावाहुरिका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध
7 years अगाडी
Susma Dhakal
मंगलबार साँझको हावाहुरिका कारण दोलखा जिल्लाभर विद्युत अवरुद्ध भएको छ ।मंगलबार साँझको हावाहुरीले विभिन्न स्थानमा विद्युतका पोल ढालेका कारण विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रका इन्जिनियर उमेश श्रेष्ठले जानकारी दिनुभयो ।
लामोसाँघु–चरिकोट, चरिकोट–जिरी, चरिकोट–सिप्रिङ जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनमा हावाहुरीले क्षति पुर्याएपछि गए राति ८ बजेबाट अवरुद्ध भएको विद्युत हालसम्म सुरु हुन सकेको छैन ।
हावाले रुख ढालेपछि विद्युत पोलमा क्षति पुगेको हो । सदरमुकाम चरिकोट आसपासको क्षेत्रमा साँझसम्म विद्युत सञ्चालन हुन सक्ने अनुमान गरिए पनि जिल्लाभरको हकमा भन्न सक्ने अवस्था नरहेको जनाएको छ ।
April 17, 2019 2:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...