थाइल्याण्ड ‘सोंगक्रण’ पर्व : सडक दुर्घटनामा ३४८ ले ज्यान गुमाए, झण्डै ३ हजार घाइते
थाइल्याण्डमा मनाइने सोंगक्रण पर्वमा भएको सडक दुर्घटनामा अहिलेसम्म कम्तीमा ३४८ ले ज्यान गुमाइसकेका छन् । घटनामा ३१७६ घाइते भएका छन् । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशक सुकहुम कंचनाफिमाईले यो घटना गएको बिहीबारदेखि मंगलबारसम्म गरी ६ दिनमा भएको हो ।
आपत रोकथाम र राहत विभागले जारी गरेको आँकडा अनुसार, गएको ५ दिनमा झण्डै ३ हजार सडक दुर्घटना भयो । यीमध्ये अधिकांश दुर्घटना चियाङ्गमाई शहरमा भएको हो । सडक सुरक्षा निर्देशन केन्द्रका निर्देशकले घटनामा परि सबैभन्दा धेरै उडोन थानी शहरमा १४ जनाले ज्यान गुमाएका छन् भने चियाङ्गमाई शहरमा सबैभन्दा धेरै एकसय जना घाइते भएका छन् ।
अधिकारीका अनुसार, अधिकांश दुर्घटना सवारी चालककाको लापर्वाहीबाट भएको हो । यीमध्ये नशामा गाडी चलाउँदा ४०.६८ प्रतिशत र तीव्र गतिमा सवारी चलाउँदा २७.५४ प्रतिशत दुर्घटना भएको हो । सडक दुर्घटनामा अधिकांश मोटरसाइकल चालकले ज्यान गुमाएका छन् । कुल दुर्घटनामा उनीहरुको संख्या ७८.८५ हुन आउँछ ।

दुई लाख ३५ हजार ८ सय ३८ सवारी चालकले ट्राफिक नियम तोडे । ६४ हजार २ सय ९६ हेलमेट नलगाई सवारी चलाउँदा पक्राउ परे । जबकि ५७ हजार ४ सय ५२ सँग लाइसेन्स थिएन ।
देशैभरि दुई हजार ४० चेक प्वाइन्ट्स बनाइएको थियो । त्यस्तै ६५ हजार तीन सय आठ कर्मचारी तैनाथ थिए ।
April 17, 2019 2:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता