Saturday 14th March 2026

कोरियामा हृदयघातका कारण फेरी एक नेपाली को मृत्यु

7 years अगाडी

रोजगारीको सिलसिलामा इपिएस मार्फत ८ बर्ष अगाडी कोरिया आएर छुंगछंग नाम्दो थाङ्जिन को हाप्तक एरिया मा काम गरिरहेको काठमाडौं निवासी बर्ष ४७ का ध्रुव भण्डारी को हृदयघात भएर उपचारको क्रममा अप्रिल ११ तारिक बिहिबार छनान स्थिति थान्कुक युनिभर्सिटी अस्पताल मा निधन भएको छ ।

अत्यधिक दुखाइ भए पछि सुरुमा उहाँ ले काम गर्दै गरेको एरिया थान्जिन को एक अस्पताल मा साथी को सहयोग बाट उपचारकोलागि भर्ना गरिएको थियो । पछि अवस्था नाजुक भएको भन्दै उक्त अस्पताल बाट छनान स्थित थान्कुक युनिभर्सिटी अस्पताल मा रिफर गरिएको थियो ।

उनि शुरुमा इपिएस अन्तर्गत कोरिया आएर गत ३ वर्षदेखि बिना भिषा काम गर्दै आए का थिए । नेपाल मा उनका श्रीमती र चार जना छोराछोरी रहेको जनाएको छ । यस बारेमा नेपाली राजदुताबास र परिवारलाइ जानकारी गरिसकेको जानकारी छ।

          April 17, 2019 3:39 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...