बस र टिप्पर ठोक्किँदा एकजनाको मृत्यु दुईजना घाइते
7 years अगाडी
Susma Dhakal
भक्तपुुर – सूर्यविनायक नगरपालिका –१० भातेढिकुरमा बुधबार राति बस र टिप्पर ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा ४ ख ४८१५ को टिप्पर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बसका मालिक सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका– ३ बतासेका ३४ वर्षीय रमेश भण्डारीको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिप्पर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भैरहेका छ ।
April 18, 2019 10:28 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...