पत्रकार गिरीको रिहाईको माग गर्दै देशैभर प्रदर्शन
काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले पत्रकारलाई विद्युतीय कारोवार ऐन अन्तगर्त पक्राउ गर्ने क्रम रोक्न माग गर्दै बिहीबार देशैभरी प्रदर्शन गरेको छ ।
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई समाचार लेखेकै कारण पटक–पटक पक्राउ गर्ने क्रम बढेपछि बिहीबार सबै जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिइएको पत्रकार महासंघले जनाएको छ ।
निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा नगर्न आग्रह गर्दै जिल्ला शाखाहरुको अगुवाईमा बिहान साढे ९ देखि साढे १० बजेसम्म प्रदर्शन गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेज गर्न तथा समाचार लेखेकै कारण पोखरामा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग पनि गरेको छ ।
यसबारेमा महासङ्घ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने र विरोधका थप कार्यक्रम सञ्चालन गर्ने पनि महासचिव विष्टले बताउनुभयो ।
April 18, 2019 1:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध