Saturday 14th March 2026

भारतबाट चोरी गरी ल्याएको रकमसहित पक्राउ

7 years अगाडी

डोटी– जिल्ला प्रहरी कार्यालय डोटीले भारतबाट चोरी गरी ल्याएको रकमसहित केआईसिंह गाउँपालिका–२ का केशव भुललाई पक्राउ गरेको छ ।

पक्राउ परेका भुलबाट ४ लाख ३१ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पक्राउ परेका भुलले भारतको लुधियाना शहरबाट चोरी गरी रकम ल्याएको छ भन्ने सूचनामा आधारमा हामीले पक्राउ गरेका हौँ, बाँकी अनुसन्धान भैरहेको छ ।’

तर राष्ट्रिय जनमोर्चाका नेता तथा स्थानीय मीनबहादुर मलासीले पक्राउ परेका भुलबाट प्रहरीले ४ लाख ६० हजार बरामद गरेको दाबी गर्नुभयो । ‘प्रहरीको टोली आएर भुलको घरमा खान तलासी गरेर ४ लाख ६० हजार रुपेयाँ लगेको हो, अहिले ४ लाख ३१ हजार  रुपैयाँ मात्रै बरामद भयो भनेको छ, बाँकी २९ हजार कसले लुकायो ?’ उहाँले भन्नुभयो । 

प्रहरीले बरामद गरेको भनिएको र स्थानीय प्रत्यक्षदर्शीले दाबी गरेको रकममा फरक परेपछि अहिले यो विषयमा खैलाबैला मच्चिएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार, पक्राउ परेका भुलले भारतबाट १ करोड नगद र केही सुनका गरगहना चोरी गरेर फरार भएको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सुरज केसीको आदेशमा प्रहरी टोली परिचालन गरिएको थियो । 

पक्राउ परेको रकमसहित भुललाई प्रदेश प्रहरी कार्यालयमा बुझाउन डीआईजी केशीले जिल्ला प्रहरी कार्यालय डोटीलाई आदेश दिएको प्रहरीले जानकारी दियो । 

          April 18, 2019 3:41 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...