रेल चढ्न सांसदलाई निम्ता
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउँने कुरामा शंका नगर्न भन्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन । ओलीले शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न भन्दै सँगै रेल चढ्न सांसदहरुलाई निम्ता दिएका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले शुक्रबार जवाफ दिने क्रममा सांसदहरु बिच सवाल जवाफ भएको हो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले नेपालको आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।
रिजालको अन्तिम प्रश्नबाट आफ्नो जवाफ सुरु गरेका प्रधानमन्त्री ओलीले नेपालको आफ्नै रेल हुने कुरामा शंका नगर्न जवाफ दिए । आजको राजधानी दैनिकले समाचार छापेको छ ।
June 30, 2018 11:33 am | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण