इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित
इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ४० रनले पराजित गरेको छ ।दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
मुम्बईका लागि कुर्नाल पाण्ड्या अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्ड्याले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सूर्यकुमार यादवले २६ रन बनाए ।दिल्लीका कागिसो राबडाले २ विकेट लिए ।
मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन ।
मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए ।जितसँगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।
April 19, 2019 10:22 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)