जापानीद्वारा विद्यार्थीलाई पोशाक सहयोग
बेझाड । उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा पाल्पामा अध्ययनरत् विद्यार्थीलाई जापानी नागरिकले विद्यालय पोशाक सहयोग गरेका छन्।यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो।गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी बनाएको सहयोग दाता ओकेबाजेले बताए।
विद्यालयका प्रधानाध्यापक केशवराज पङ्गेनीले पोशाक सहयोग गरेकोमा जापानी नागरिकलाई धन्यबाद दिँदै यस कार्यक्रमले बिचमै कक्षा छाड्ने, नियमित विद्यालय नजाने समस्यामा कमी आउने बताए।विद्यालय पोशाक पाएपछि यहाँका विद्यार्थीहरु खुशी भएका छन्। ग्रामीण र दुर्गम भेगमा सञ्चालित विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु पोशाक समस्याले पनि विद्यालय नजाने समस्या देखिएको छ।
April 21, 2019 12:14 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता