भक्तपुरमा मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी, दुई जना घाइते
भक्तपुर-अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक–६ पाण्डुबजारमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि आगलागी हुँदा दुई जना घाइते भएका छन् । सोमबार अपरान्ह सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ४ प ५७३४ नम्बरको मिनी ट्रक र को २१ प ३९५४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा एक्कासी आगलागी भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक शिशु शर्माले ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा एक्कासी आगलागी हुँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएको बताउनुभयो । घाइते हुनेमा मोटरसाइकल चालक रामेछाप उमाकुण्ड गाउँपालिकाका २३ वर्षीय राजु गुरागाई र २६ वर्षीय कुशल गुरागाई रहेका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल भने जलेर पूर्ण रुपमा क्षति भएको छ । मोटरसाइकलको आगो जुद्ध वारुण यन्त्र भक्तपुरले नियन्त्रणमा लिएको थियो । प्रहरीले मिनी ट्रकसहित दोलखा मेलुङ्ग घरभई हाल सूर्यविनायक–५, कटुञ्जे बस्ने चालक २५ वर्षीय रामकुमार भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
April 22, 2019 5:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता