![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9753.jpeg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/800x80.gif)
यसरी बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
![](https://nepaldrishti.com/wp-content/uploads/2019/04/1111111111-4.jpg)
चितवन – चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रुपमा अगाडि बढेको छ । रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने मजदुर बस्ने हल, कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी बस्ने घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ ।
रंगशाला स्तुप आकारको हुनेछ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा प्रवेशद्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमता हुनेछ । आउँदो २५ वर्षपछि हुने प्रविधि अहिलेनै प्रयोग गरेर नक्साङ्कन गरिएको छ । रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सम्पर्क कार्यालय आइतबार देखि भरतपुर महानगरपालिकामा पनि स्थापना गरिएको छ ।
भदौभित्र शिलान्यासः
आगामी भदौ महिना अगाडि नै शिलान्यास गर्नेगरी शिलान्यास गर्नु अगाडिका कामहरु तीव्र रुपमा भइरहेको सीताराम कट्टृेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताउनुभयो । अहिलेसम्म करिब ७० लाख रुपैयाँ बराबरको काम सम्पन्न भएकाे बताउँदै उहाँले आउँदाे भदौ महिनासम्ममा रंगशालाको शिलान्यास गरिसक्ने जानकारी दिनुभयो ।
यो हप्तादेखि खेलमैदानको भुइँको काम थालिने बताउँदै उहाले पूर्वअभ्यासका लागि खेल मैदान निर्माण गरिने जानकारी दिनुभयो । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिँदै उहाँले वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको बताउनुभयो ।
६ करोड रुपैयाँ संकलनः
रंगशाला निर्माणका लागि अहिलेसम्म करिब ६ करोड रुपैयाँ संकलन भएको कट्टृेलले बताउनुभयो । फाउण्डेसनको खातामा यस अगाडि अन्य क्षेत्रबाट जम्मा भएको दुई करोड नौ लाख रुपैयाँ बाट रंगशालामा अहिले भइरहेको कामको भुक्तानी भइरहेको उहाँले बताउनुभयो ।
जेठ महिनासम्ममा ५० करोड रुपैयाँ सङ्कलन गरी आवश्यक सामग्री जम्मा गर्ने तयारी भइरहेको जानकारी दिँदै कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान सुरु भएर कतिपय जिल्लामा सहयोग समिति बनेर रकम संकलन हुन थालेको पनि जानकारी दिनुभयाे भयो ।
हरेक जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिनेगरी आर्थिक सहयोग अभियान अगाडि बढाउन लागेको जानकारी दिँदै उहाँले विदेशमा पनि सहयोग उठ्ने क्रम जारी रहेको बताउनुभयो । सहयोग रकम संकलनका लागि वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाने र त्यसपछि जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
तीन अर्बको योजनाः
चितवनको रामपुरमा रहेको २० बिघा ६ कट्ठा जमिनमा रङ्गशाला निर्माण गर्न लागिएको हो । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ । बहुउपयोगी रङ्गशाला निर्माणमा तीन अर्ब रुपैयाँ लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । रङ्गशालालाई खेलकुद एकेडेमीका रूपमा विकास गर्ने तयारी गरिएको फाउण्डेसनका अध्यक्ष कट्टेलले बताउनुभयो ।
शिलान्यासकै दिन यसकाे निर्माण अवधि तोकिने छ । हामी २ वर्षभित्र रंगशाला निर्माण गरिसक्ने लक्ष्य फाउण्डेशनले राखेको छ । रंगशाला निर्माणका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको बताउँदै उहाँले महाअभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।
रंगशाला स्पोर्टस हबः
रंगशालालाई स्पोर्टस हबको रुपमा विकास गरिने छ । यो रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिबियोसम्म खेल्न सकिने गरी बनाइने योजना रहेको छ ।
क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिने अध्यक्ष कट्टेलले बताउनुभयो । रगंशाला निर्माणका लागि नेपालीसँगै विदेशी विज्ञले पनि काम गरिरहेका कट्टेलले बताउनुभयो ।
April 23, 2019 1:10 pm | खेलकुद![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/2075-4-20.gif)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9753.jpeg)
बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9752.jpeg)
अर्जुन ट्रफी क्रिकेट : बैतडीले काठमाण्डाैलाई हरायाे
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9746.jpeg)
‘यूएसएआईडी’ ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9743.jpeg)
नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको ‘जीएमपी’ प्रमाणपत्र
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9731.jpeg)
६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9727.jpeg)
विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9714.jpeg)
पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9711.jpeg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/35922360_10204864298163303_8836465006120796160_n.jpg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/3295F428-ACC5-40C8-BC5A-95A66A719A8B.jpeg)