मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक संस्थाको आजदेखि स्थलगत अनुगमन
काठमाण्डौ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको लागि सूचीकरण हुन निवेदन दिएका स्वास्थ्य संस्थाहरुको आज मंगलबारदेखि स्थलगत अनुगमन सुरु भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि ती संस्थाको अनुगमन तथा निरीक्षण हुने जनाएको छ । सूचीकरण हुनको लागि निवेदन दिएका स्वास्थ्य संस्थाहरुको मलेसियाबाट प्राप्त मापदण्ड पुगे/नपुगेकोबारे स्थलगत निरीक्षण हुनेछ ।
काठमाण्डौ उपत्यका र उपत्यका बाहिर निरीक्षणको लागि प्राविधिक समूह खटिइसकेको पनि मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् ।
सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे, नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने मन्त्रालयले जनाएको छ ।
यसअघि मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका अरु स्वास्थ्य संस्थाको पनि अनुगमन थालेको छ ।
April 23, 2019 1:27 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता