एसएस राजामौलीको चलचित्र ‘आर आर आर’ मा श्रद्धा कपूर नखेल्ने
अभिनेत्री श्रद्धा कपूर निर्देशक एसएस राजामौलीको फिल्म ‘आर आर आर’ मा काम गर्नका लागि दौडधुप गरिरहेकी थिइन् हलिउड अभिनेत्री डेजी एडगर आउट भएपछि मेगा बजेटमा निर्माण भइरहेको यस फिल्ममा एक विशेष भूमिकाको लागि अभिनेत्री श्रद्धा कपूर रहने चर्चा चलिरहेको थियो । तर अब भने अभिनेत्री श्रद्धा कपूर यस फिल्ममा नरहने चर्चा भइरहेको छ ।

त्यस भूमिकाको लागि श्रद्धा कपूरको नामको चर्चा भए पनि उनी अहिले अन्य फिल्मको काममा व्यस्त भएकै कारण यस फिल्मबाट बाहिरिएकी छिन् । श्रद्धा कपूर अभिनेता प्रभाससँगको फिल्म ‘साहो’ को छायाँकनमा व्यस्त छिन् । यसपश्चात उनी ‘स्ट्रीट डान्सर’ र ‘बागी ३’ को छायाँकंन सुरु गर्नेछिन् । फिल्म ‘आर आर आर’ बाट श्रद्धा कपूर आउट भएसँगै फिल्म निर्माताहरु अर्की अभिनेत्रीको खोजीमा छन् । फिल्म निर्माण टिम केही दिन भित्रै छायाँकंनको काम सुरु गर्न खोजिरहेका छन । यसैबीच श्रद्धा कपूरले निर्वाह गर्ने भूमिकाका लागि अभिनेत्री परिणीति चोपडाको चर्चा भइरहेको छ ।

मिडियामा आएका खबरहरुका अनुसार अब परिणीति चोपडालाई फिल्ममा लिन सकिने बताइएको छ । तर यस कुराको आधिकारिक जानकारी भने सार्वजनिक भइसकेको छैन । यस फिल्ममा जुनियर एनटीआर र राम चरण मुख्य अभिनेता रहनेछन् । आलिया भट्ट फिल्मकी मुख्य अभिनेत्री हुनेछिन् भने अजय देवगनको पनि महत्वपूर्ण भूमिका रहनेछ ।
April 23, 2019 4:36 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री