Sunday 28th December 2025

मृगौला पीडित कमल गुरुङको ज्यान बचाईदिन सहयोगको अपिल

8 years अगाडी

काठमाडौँ ।आर्थिक अभाबका कारण दुबै मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङको उपचारमा समस्या आएको छ ।

केही समयअघि बाट दुबै  मृगौलाको समस्या बाट पिडित कमल गुरुङ अहीले पोखराको चरक अस्पतालको बेडमा मृत्यु सैयामा छटपटाइ रहेका छन् । तत्कालै उपचार गर्न चिकित्सकले सल्लाह दिएपनि आर्थिक अभावका कारण समस्या भएको उनका साथी घनश्याम बस्ताकोटीले नेपाल दृष्टिलाई जानकारी दिए  ।

मृगौला फेलको समस्या बाट पीडित कमल गुरुङ

स्यांजा जिल्ला चापकोट नगरपालिका वार्ड न . ७  स्थायी घर भयका गुरुङका एक छोरा एक छोरी छन् ।

दुबै मृगौला फेल भएकाले तत्काल सल्यक्रियागरी प्रत्यारोपण नगरे ज्यानै जान सक्ने डाक्टरले सल्लाह दिएपनि आर्थिक अभावकाकारण उपचारमा समस्या भएकाले इच्छुक व्यक्ति तथा संस्थाले आर्थिक सहयोग गरेर उनको ज्यान बचाइदिन घनश्याम बस्ताकोटीले सबैलाई सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहने व्यक्ति संघसंस्थाले पीडित कमल गुरुङको मोबाइल नम्बर नेपाल -००९७७९८१७१०६५८७.  घनश्याम बस्ताकोटीको कुवैत -००९६५६९९७०१५८ हेमन्त गुरुङको कुवैत -००९६५६५६०३८१०- मा सम्पर्क गर्न सक्नु हुने छ ।

          June 30, 2018 12:41 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...