Saturday 14th March 2026

१० बर्षमा हुन नसकेको काम १० घण्टामा फत्ते गरिदिन्छौं । मिल्छ भने आउ सरकार बाजी थापौं

7 years अगाडी

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर तिर्न आनाकानी गरेको बिषयलाई लिएर निकै टिका टिप्पणी भैरहेको छ ।छोटकरीमा यो बिषय दर्शकहरुलाई बुझाउने प्रयास गर्छु ।एनसेलले तिर्नुपर्ने कर ६० अर्ब ७१ करोड २४ लाख भनेर ठूला करदाता कार्यालयले निधारण ग¥यो ।त्यस मध्ये २१ अर्ब ५४ करोड ८० लाख प्लस लेट फि २ अर्ब २६ करोड २३ लाख एनसेलले तिर्यो।

७ दिन भित्र बाँकी ३९ अर्ब ६ करोड ६ लाख तिर्नु पर्नेमा एनसेल होइन, आँफूले अब ३९ अर्ब होइन १४ अर्ब ३६ करोड ५३ लाख मात्र तिर्न बाँकी रहेको भनेर रिट हाल्यो । व्याज र ढिला भएको शुल्क तिर्नु पर्ने फैसलामा उल्लेख नभएकाले १४ अर्ब ३६ करोड मात्रै तिरे पुग्ने एनसेलको जिकिर छ ।जसले जति लामो कुरा गरेपनि खास कुरो यत्ति हो ।

कर तिर्न भनेर दिइएको सात दिन समयको अन्तिम दिन एनसेलले फेरी मुद्धा हालेको थियो ।अब दुबै पक्षको बहस सुनेर सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले तोकेको कर तिर्ने कि एनसेलले दावी गरेको कर तिर्ने भन्ने बारे निर्णय गर्नेछ ।मुद्धा हाल्दै समय लम्ब्याउँदै, फेरी बाँझो हाल्न सक्ने प्रावधानहरुमा टेकेर समय लम्ब्याउने र चलखेल गर्ने परी पाटी हाम्रो मुलुकका लागि नौलो बिषय होइन । यसैबीच केही अभियान्ता साथीहरुले कर नतिरेसम्म एनसेलको सिम प्रयोग नै नगरौ भन्ने अभियान समेत सुुरु गर्नु भएको छ ।

यो अभियान पनि आवश्यक हुन सक्छ ।नागरिकहरुले यस्तो दबाब मुलुक कार्यक्रम नै गर्नु पर्ने हो कि यो सरकार एनसेलसँग कर लिने ल्याकत राख्छ त्यो हेर्न जरुरी छ ।

मुद्धाका नौ सिंग हुन्छन् ।कानुनका दफाहरुमा टेकेर कुनै पनि मुद्धालाई जुनी जुनीसम्म ल म्ब्याउने प्रावधान भेट्टाउन कालो कोट नै लगाउन पर्दैन ।

कालो मन भएकाहरु नै पर्याप्त छन् । सरकारको काम कर असुल गर्ने हो।
कालो टालो देखाउने सर्वसाधारण मानिसलाई, ठगीएको समाचार लेख्ने पत्रकारलाई समात्न सक्ने सरकार अरर्बोको कर नतिर्ने दाउ खोजिरहेको एनसेललाई समाउन सक्दैन?

सक्छ तर चुनावमा अधिकांश नेताले लिएको चन्दाको हिसाब निस्कियो भने धोती मात्र होइन लगौटी नै फुस्किने डरले धेरैका तालुका पसिना शरीरहका अंग–अंग हुँदै पैतालासम्म पुगेका छन् ।कर नतिरिन्जेल सेटलाइट कनेक्सन बन्द गर्न सक्ने मुटु कसैको छ भने १ क्लिकमा एनसेलको सेवा बन्द हुन्छ, १ क्लिकमा ।

जनताले सिमकार्ड बुझाउनै पर्दैन ।लाभकर नतिरिकन विक्रेता कम्पनीलाई भाग्न दिने फटाहाहरु चाँही झण्डा हल्लाएर हिड्ने अनि सरकार को काम जनताले गरिदिनु पर्ने ?एनटिसीको टावर, म्यानपावर प्रयोग गरेर एनसेलको पहुँच तुलनात्मक रुपमा राम्रो सस्तो र भरपर्दो पारिएको छ ।

छानविन गरी त्यस्ता देशद्रोहीको खाता बन्द गरौन । सरकार भन्दा जनता कयौ गुणा शक्तिशाली छन् ।तर सरकार जनताको हो भने जनता लाई दुख नदिई सरकारले ट्याक्स उठाउन सक्नु पर्छ ।यदि सरकारले कर उठाउन सकेन जनता हो, अब के गर्ने होला भनेर मात्र हेर्छ भने त्यसपछि जन स्तरबाट एनसेललाई कर तिराउने अभियानमा डटेर लाग्न सकिन्छ ।

एउटा गरीब जनताले विजुलीको पैसा नतिरे कति निर्ममता पूर्वक लाइन काटिन्छ ।यहाँ अरर्बौ नतिर्दा पनि हुने? त्यसैले हामीले दबाब हाम्रो सरकारलाई दिने हो। अर्को कुरा एनटिसी र एनसेलको सेवाको तुलना गर्दाएनटीसिको व्यापारिक प्लान, फोजी सेवा, एडी एसएल कुन हालतमा छ, त्यसको मुल्याङकन कसले गर्ने ।

एनसेल भन्दा एनटिसी को सेवा राम्रो, पुहँच राम्रो, डाटा सस्तो, नेटर्वक भरपर्दो, बनाउन सके एनसेललाई हेर्न पनि पर्दैन ।एनटीसी चलाउन कुनै प्राइभेट कम्पनीले पायो भने कुनै प्रतिस्पर्धीले पानी पनि भन्न पाउँदैन ।जानाजान सरकारी सेवा प्रदायकलाई कमजोर बनाएर भित्र भित्रै एनसेललाई पोस्ने र देशलाई सोस्नेहरुलाई बहिस्कार गरौ पहिला ।

एनसेललाई कर छल्न सहयोग पु¥याउने राजनीतिक दल जुनसुकै होस, नेता जो सुकै हुन सबै भन्दा पहिला तिनलाई बहिस्कार गरौं ।अन्य क्षेत्रमा बेथिती मौलाएको देशमा आम जनताले के–के मात्र बहिष्कार गर्ने ?बाइड बढीमा घोटाला भयो नेपाल बायुसेवा निगम बहिष्कार गर्ने ?

भू–माफियाहरु मिलेर बालुवाटर बेचे, बालुवाटार तिर हिड्नै बहिस्कार गर्ने ? भाटभटेनीले भ्याट छल्यो रे भाटभटेनीमा किन्नै बहिष्कार गर्ने ?कर नतिर्ने एनसेललाई तहलगाउन सरकार सक्षम छ र हुनु पनि पर्छ।अदालत जाँदै आलटाल गर्दै, समय विताउँदै छल गर्ने नियत देखाइरहेको एनसेलले सायद धेरैलाई किन्ने क्षमता राख्छ ।

नदि–नाला वन जंगल मात्र होइन नैतिकता, सिद्धान्त, आदर्श सबका सब कौडीको मुल्यमा बेच्न तयार केही राजनीतिज्ञसँगमात्र हामीलाई डर छ त्यस्ता जाबा एनसेलसँग कुनै पनि डर छैन ।आफ्नै नीति निर्माताहरु विकाउ भैदिए भने एनसेलको सिम फालेर के हुन्छ । एउटा एनसेल जान्छ अरु कयौ एम,एन,ओ,पी,क्य,आर,एस,टि सेलहरु आउँछन् ।

चुनावमा सघाउँछन्, अरब बचाउन करोड खुवाउँछन्, यो देश लुटछन् र फरार हुन्छन् ।त्यसैले सरकार एनसेलको बहाना बाजी ठीक गर्न एक क्लिक र एउटा स्विच पर्याप्त छ, भन्ने हामी लाई क्लियरली थाहा छ ।सकिदैन भने जनतालाई भनि मात्र हेर सरकार, १० बर्षमा हुन नसकेको काम हामी जनता मिलेर १० घण्टामा फत्ते गरिदिन्छौं । मिल्छ भने आउ सरकार बाजी थापौं ।

          April 26, 2019 11:56 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...