मेसीको अर्जेन्टिनाले आज फ्रान्स बिरुद्ध खेल्दै, चम्किएलान् त मेसी ?
आज अन्तिम १६ को पहिलो खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । दुई पटकका विश्वकप विजेता अर्जेन्टिना र फ्रान्सबीच कजान एरिनामा खेल हुनेछ फ्रान्स समूह सी को समूह विजेता हो भने अर्जेन्टिनाले समूह डी को उपविजेता बन्दै अन्तिम १६ मा भिडन्त पक्का गरेको हो । फ्रेन्च प्रशिक्षक डिडियर डेसच्यामप्सले आफ्ना प्रमुख खेलाडीलाई डेनमार्कविरुद्धको खेलमा आराम गराएका थिए ।उनले पेरूविरुद्ध समूहको दोस्रो खेलका सुरुवाती ११ लाई अर्जेन्टिनाविरुद्ध खेलाउने प्रबल सम्भावना रहेको छ ।
जसअन्तर्गत ह्यूगो लोरिस, बेन्जामिन पाभार्ड, सामुएल उम्टीटी, पाउल पोग्बा, ब्लैसे माटुईडी र क्लियन बाप्पेले सुरुवाती ११ मा स्थान पाउनेछ अर्जेन्टिनाविरुद्ध फ्रान्सले मुख्यतः फरवार्डद्वय एन्टोइन ग्रिज्म्यान र क्लियन बाप्पे तथा मिडफील्डर पाउल पोग्बाको प्रदर्शनबाट प्रभाव पार्न सक्नेछ । फ्रान्सले पछिल्ला ७ खेलमा ५ मा जित तथा दुई बराबरीको नतिजा निकालेको छ । यता अर्जेन्टिनाले भने अन्तिम १६ मा पुग्नका लागि निक्कै संघर्ष गर्नु परेको थियो । समूहको पहिलो खेलमा आइसल्याण्डविरुद्ध १–१ गोलको बराबरी र क्रोएसियासँग ३–० को फराकिलो गोलअन्तरको हारपछि अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना भाग्यमा निर्भर बनेको थियो ।
तर नाइजेरियालाई २–१ ले हराउन सम्पूर्ण शक्ति खर्चेर अन्ततः अर्जेन्टिना नकआउट चरणमा स्थान बनाउन सफल भयो । फ्रान्सविरुद्ध हुने अन्तिम १६ को खेलमा भने अर्जेन्टिनाले डिफेन्समा सुधार गर्नुपर्ने देखिन्छ । विशेषगरी म्यानचेस्टर सिटीका अर्जेन्टिनी सेन्टरब्याक निकोलस ओटेमेन्दी चुस्त हुनुपर्ने देखिन्छ यस्तै अग्रपंक्तिमा पनि लियोनेल मेसीलाई कभर गर्न फरवार्डद्वय सर्जियो अगुएरो र गोन्जालो हिग्वेन चनाखो हुनुपर्ने छ ।
अर्जेन्टिनाविरुद्ध फ्रान्सले ४–२–३–१ को रणनीति अपनाउने सम्भावना छ । यता अर्जेन्टिनाले भने ४–३–३ को रणनीतिमा खेल्ने सम्भावना रहेको छ । जसअन्तर्गत फ्रान्सले सुरुवाती ११ मा फरवार्ड ओलिभर गिरौदलाई आक्रमणको जिम्मा दिन सक्नेछ । जसलाई आक्रामक मिडफील्डरहरु क्लियन बाप्पे, ऐन्टोइन ग्रीजम्यान, ब्लेसे माटुईडीले साथ दिनेछ । तिनिहरुको आक्रमणलाई झेल्न अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानी र डिफेन्डरहरु गाब्रिएल मर्काडो, निकोलस ओटेमेन्डी, मार्कोस रोजो र निकोलस टाग्लियाफिलाई हम्मे हम्मे पर्न सक्छ ।
यता अर्जेन्टिनाको आक्रामक मिडफील्डरहरु इभर बेनेगा, जेभियर मेसेरानो, म्याक्समिलियानो मेजाको सहयोगमा फरवार्डहरु सर्जियो अगुएरो, लियोनेल मेसी र गोन्जालो हिग्वेनले पनि फ्रान्सको गोलरक्षक ह्यूगो लोरिससहित बेन्जामिन, भराने, उम्टीटी र हर्नान्डेजसहितको डिफेन्सको अग्निपरीक्षा लिने सम्भावना छ । यस्तै फ्रेन्च टिमको डिफेन्सिभ मिडफील्डरहरु पाउल पोग्बा र एन्गोलो कान्तेले भने अर्जेन्टिनाको आक्रमणलाई रोक्नु बाहेक ओभरल्यापमा गएर अग्रपंक्तिका खेलाडीलाई समेत सहयोग गर्न सक्नेछ । समाचारपत्रमा खबर छ ।
हेड टू हेड: फ्रान्स र अर्जेन्टिनाले एक अर्काबीच अहिलेसम्म ११ पटक खेलेका छन् । जसमध्ये ६ पटक अर्जेन्टिनाले जित्दा फ्रान्स ३ पटक मात्र विजयी भएको छ । यसक्रममा अर्जेन्टिनाले १२ गोल गरेका छन् भने फ्रान्सले ५ गोल मात्र गरेको छ । यी दुईले पछिल्लो पटक सन् १९७८ को विश्वकपमा खेलेका थिए । जसमा अर्जेन्टिना २–१ ले विजयी बनेको थियो । पछिल्लो पटक फ्रान्सको मार्सेमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फ्रान्सलाई २–० ले हराउँदा एक गोलमा लियोनेल मेसीले नाम लेखाएका थिए ।
June 30, 2018 1:30 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)