जान्ह्वी कपूरकी बहिनी खुशी बलिउडमा डेब्यू गर्दै, अभिनेता छान्ने जिम्मा बुबा बोनी कपूरलाई
बलिउडमा स्टार किड्सको डेब्यूलाई महत्वका साथ लिइन्छ । बलिउड अभिनेत्री जान्ह्वी कपूरपछि अब उनकी बहिनी खुशी कपूर बलिउडमा डेब्यूको तयारी गरिरहेकी छिन् । खुशीले एउटा कार्यक्रममा आफू बलिउडमा आउने तयारी गरिरहेको बताउँदै भनेकी छिन्, ‘म छिट्टै नै बलिउड डेब्यू गर्ने छु । मेरो पहिलो फिल्म करण जोहरका साथ गर्न चाहन्छु । तर मलाई थाहा छ मेरो पहिलो अभिनेताको छनौट भने मेरो बुबाले नै गर्नुहुन्छ । किनकी उहाँ मलाई लिएर धेरै प्रोटेक्टिभ हुनुहुन्छ ।’
खुशीले आफ्ना बुवासँगको सम्बन्धका बारेमा बताउँदै भनिन्, ‘म घरको सबैभन्दा कान्छी हुँ, त्यसैले पनि बुवा मलाई लिएर धेरै प्रोटेक्टिभ हुनुहुन्छ । मेरा लागि घरमा कर्फ्यूजस्तो माहोल हुन्छ । म कहाँ छु ? कसको साथमा छु ? र कतिबेरसम्मका लागि बाहिर रहनेछु ? यी सबै कुराको जानकारी मेरो बुवालाई हुनुपर्छ । एक पटक त म मेरो साथीसँग थिए, त्यही बेला बुबाले मेरो साथीलाई म्यासेज गरेर हामी दुबैको साथमै रहेको फोटो माग्नुभएको थियो ।’
खुशीले अगाडि भनिन्, ‘मेरो बुबा यस कुरामा चिन्तित हुनुहुन्छ कि म कस्तो व्यक्तिको साथमा छु । यदि म असल व्यक्तिहरुका साथमा रहे भने बुबालाई त्यसमा कुनै आपत्ति छैन । बुवा सधैँ यही कुरामा ध्यान दिनुहुन्छ । यही कारणले बुवा मेरो फिल्मको हिरो पनि आफै खोजिरहनु भएको छ ।’
April 26, 2019 3:25 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता