हतियारसहित प्रहरी लाएर राेकियाे डा केसीलार्इ, चन्दननाथ मन्दिरमा अनशन बस्ने
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न यहाँ अाइपुगेका डा गोविन्द केसीलाई हतियारसहितका प्रहरी परिचालन गरी राेकिएकाे छ ।
डा केसीलार्इ लक्षित गर्दै स्थानीय प्रशासनले उक्त प्रतिष्ठानमा भाेक हड्ताल वा अान्दाेलनका कार्यक्रम गर्न राेक लगाएकाे छ । प्रतिष्ठानमा जान हिडेका केसीलाई हतियारसहितका प्रहरीले बीच बाटैमा रोकेका थिए। जिल्ला प्रसासन कार्यालयदेखि प्रतिष्ठान आसपासको इलाकालाई निषेधित क्षेत्र घोषणा गरिएकाे छ।
प्रसासनले २ सय मिटरदेखि मात्रै निषेधित क्षेत्र घोषणा गरेको भए पनि डा केसीलार्इ स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे करिब एक किलाेमिटर टाढै प्रहरीले राेकेकाे हाे ।
डा केसीले सरकार तानाशाह बन्न लागेकाे भन्दै अाफूलार्इ कसैले राेक्न नसक्ने बताएका छन् । प्रतिष्ठानमा राेक लगाएपछि उनले जुम्लाकै प्रसिद्ध मन्दिर चन्दननाथमा बसेर अनशन शुरु गर्ने भएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा अध्यादेश जनमैत्री बनाउन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकास लगायतका विषय उठान गर्दै १५ अाैँ पटक अनशन शुरु गर्ने तयारीमा छन् । यसअघि काठमाडाैंमा पटकपटक अनशन बसेर सरकारलार्इ दबाब दिइसकेका छन् ।
June 30, 2018 1:35 pm | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण