Saturday 14th March 2026

अण्डा प्रतिगोटा एक पैसा, चिनी एक केजी एक रुपैयाँ !

7 years अगाडी

अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाइले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ। अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ। अस्पतालले बैशाख १ मा रासन रामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको डेन्टर स्वीकृत गर्‍यो।

टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौताअनुसार अस्पतालले सुयोगको टेन्डर स्वीकृत गरेको समाचार कान्तिपुर दैनिकमा छ। सुयोगले अस्पताललाई बुझाएको रासन परिणामसहितको मूल्य सूचीअनुसार एउटा अण्डको एक पैसा, चिनी, चना, जिरा, अदुवा, बेसार, तोरीको तेल, नुन, गहुँको आटा प्रतिकिलो एक रुपैयाँ तोकेको छ।

          April 27, 2019 2:48 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...