बार्सिलोनाले जित्यो ला लिगाको उपाधि
लियोनल मेस्सीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरेपछि लेभान्टेलाई हराउँदै बार्सिलोना तीन खेल अगावै ला लिगा च्याम्पियन बनेको छ । लेभान्टेविरुद्धको जितपछि बार्सिलोनाको ३५ खेलबाट ८३ अंक भएको छ । लिगमा ३ खेल बाँकी रहँदा उसले समान खेलबाट ७४ अंक बनाएको एट्लेटिको मड्रिडसँग स्पष्ट ९ अंकको अग्रता कायम गरेको छ ।

नाउ क्याम्पमा करिब ९२ हजार घरेलु समर्थक माझ मेस्सीले जारी सिजन लिगमा ३४ औं गोल खेलको ६२ औं मिनेटमा एलेक्स भिडालको पासमा गरे ।
फिलिप काउटिन्होलाई प्रतिस्थापन गरी मेस्सी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । ला लिगामा मेस्सी सर्वाधिक गोलकर्ताको सूचिमा पनि १३ गोलको अग्रतामा छन् । रियल मड्रिडका करिम बेन्जेमा र बार्सिलोनाकै लुइस स्वारेज २१ गोलका साथ दोस्रो स्थानमा छन् ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा बार्सिलोनाले सन् २००८/०९ को सिजनदेखि लगातार ला लिगा जित्न थालेको हो । बार्सिलोनाले पछिल्लो ११ सिजन आठौंपल्ट लिग जितेको छ भने पछिल्लो पाँच सिजनमा चौथोपल्ट जितेको छ ।
सन् २००५ देखि बार्सिलोनाको सिनियर टोलीबाट खेल्न थालेका लियोनल मेस्सीका लागि भने यो नवौं लिग उपाधि हो ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)