जनकपुरमा डरलाग्दो हावाहुरी : लियो २ जनाको ज्यान, मौसमविद्ले दिए यस्तो चेतावनी !
काठमाडौं । केही महिना पहिले वितन्डा मच्चाएको हावाहुरीले जकपुरमा दुई जनाको फेरि ज्यान लिएको छ । हावाहुरीका कारण दुई जनाको मृत्यु भएको हो शनिबार राति साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको मृत्यु भएको जनाइएको छ ।
स्थानीयका अनुसार उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको हो । साथै, हावाहुरीका कारण इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ । जसमा लगभग १० लाख बराबरको क्षति भएको छ । हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बैशाख १५ गते (आइतबार): दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदलि रहनेछ, मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ र मध्य र पश्चिमि पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्ह पछि वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १६ गते (सोमबार): दिउँसोः देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका थोरै स्थानमा र मध्य र पश्चिमि पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |
बैशाख १७ गते (मंगलबार): दिउँसोः देशको पूर्वी भू-भागमा लगायत मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी भेगका लगायत मध्य र पश्चिमि पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। राति: देशभरि नै मौसम सामान्यतया बदलि रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ ।
April 28, 2019 11:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता