कर्णाली प्रिमियर लिग : न्यू होराइजनले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले हरायो
सुर्खेतमा भैरहेको वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यू होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ । समुह ‘बी’ अन्तर्गत न्यू होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ ।
अब भोलि बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समूहबाट सेमीफाइनल पुग्ने २ टिम निश्चित हुनेछ। समुह ‘ए’ बाट कर्णाली-११ सेमिफाइनाल प्रवेश गरिसकेको छ भने अर्को १ टिमको टुंगो मंगलबार हुने त्रिभुवन आर्मी र मध्य-पश्चिम क्रिकेट क्लब बीचको खेल पछि लाग्नेछ।कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।
हिमालयनको लागि दीपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए। होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २/२ विकेट लिए । ९३ रनको लक्ष्य न्यू होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हासिल गर्यो । सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए । हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन । खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी चुनिए ।
April 30, 2019 1:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)