रिनाको मृत्युपछि कमलले श्रीमतीलाई सुनाएका थिए प्रेम सम्बन्ध, ५० जनासँग प्रहरीको केरकार, निष्कर्ष के ?
१६ वैशाख, विराटनगर । जब कमल नेपालले पथरीमा रिना बस्नेतको शव उनकै कोठा अगाडि सडकमा भेटिएको खबर पाए, श्रीमती मनितालाई फोन गरेर सुनाए, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ रे नाङ्गै ।’उनी त्यतिमा रोकिएनन् । उनले अघि भने, ‘त्यसपछि उनले आफ्नो सम्बन्ध खुलाए, तैले हिजो सुनेको, म हिँडेको, डुलेको, खाएको त्यही केटी हो ।’
मनिताकाअनुसार ससुरालीको जग्गालाई लिएर उनको परिवारमा पनि विवाद थियो । कमलले आफ्नो सालोले कमाएको पैसाबाट किनेको जग्गा आफ्नो नाममा ल्याएका थिए । सालो अफगानिस्तानबाट फर्किएर हिसाब खोजे तर, भाका सार्दै जग्गा फिर्ता नगरेपछि कमल र मनिताको सम्बन्ध पनि बिग्रियो ।पथरीआसपासका क्षेत्रमा जग्गाको कारोबार गर्दै आएका कमललाई ४ वैशाखमा ससुराली पक्षका व्यक्तिले पथरी बजारमै कुटपिट गर्दै इलाका प्रहरी कार्यालय पुर्याएका थिए । तर लेनदेनको विषय नेहेर्ने भन्दै प्रहरीले फर्कायो ।
मनिता : विवादकै कारण मनिता बुधबार पथरी गएकी थिइन् । त्यसबेला उनलाई कसैले तेरो श्रीमानले अर्कैसँग बिहे गरेको छ, केही लिएर हिँड्छ भनेर सुनाए । उनी मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित घर फर्किइन् । शुक्रबार श्रीमानलाई फोन गरेर केटीको सम्बन्धबारे सोधिन् ।तपाईसँग बस्दिनँ भनेर हिँडिन् । इटहरी पुगेर श्रीमानलाई फोन गरिन्, ‘तपाई आइमाई लिएर हिँड्नु हुन्छ रे । छोराहरुलाई काठमाडौंमा लगेर राख्छु र आएर तपाई र त्यो आइमाईलाई जुत्ताको माला लगाएर पथरी बजार घुमाउँछु’ भनिन् ।
कमलले घर आऊ, माइतीको जग्गाको कागज गरिदिन्छु भनेर फकाए । उनी घर फर्किइन् । साँझ ६ बजेतिर कमल पनि घरमा आए । मनिताका अनुसार सासु ससुराकै अगाडि केटीबारे सोधिन् तर, कमलले त्यसलाई अस्वीकार गरे ।मनिताले पाथीभरा लगेर कसम खानुपर्ने सर्त राखिन् । कमल भोलिपल्ट विहानै घरबाट हिँडे ।मनिताले फोन गरेर ‘म तपाईंसँग बस्दिन’ भनिन् । त्यसको केहीबेरमा कमलले नै फोन गरे, ‘हेर मनिता, त्यो पथरीमा त रिना बस्नेतलाई मारेर पो फ्यालेको छ रे नाङ्गै ’ भने । त्यसपछि उनले आफ्नो सम्बन्ध खुलाए, ‘तैले हिजो सुनेको थिइस् नि । म हिँडेको, डुलेको, खाएको त्यही केटी हो ।’
मनिताकाअनुसार आफ्नो श्रीमान र त्यो केटीलाई कालो मोसो दलेर पथरी घुमाउने धम्की उनले श्रीमानलाई दिएकी थिइन् । तर, शायद कमलले रिनालाई सुनाए र रिनाको शंकास्पद मृत्युपछि मनितामाथि पनि धेरैले शंका गरेका छन् ।उनकाअनुसार रिनासँग सामान्य चिनजान थियो तर, उनीसँगै आफ्नो श्रीमानको प्रेम सम्बन्ध भएको थाहा थिएन । उनी भन्छन्, ‘यदि मैले थाहा पाएको भए टीका लगाएर पठाउथेँ तर, रिनाको मृत्युपछि मलाई दोषी बनाउन खोजियो ।’
मनिताकाअनुसार प्रहरीले पनि उनीसँग सोधपुछ गरिरहेकेको छ तर, प्रमाण नपुगी आफूलाई दोषीका रुपमा प्रचार गर्दा आफू र छोराहरु पीडित भएको बताइन् ।
दर्जनौंसँग केरकार तर खुलेन रहस्य : मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी रिनाको मृत्युलाई लिएर प्रहरीले करिब ५० जनासँग सोधपुछ गरेको छ । उनीहरु मध्ये ३० जनाको लिखित बयान लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।बयानका लागि प्रहरीले बोलाएकामध्ये केही आफन्त र रिनाका साथी छन् भने धेरै पथरी, उर्लाबारी क्षेत्रका व्यपारीहरु छन् । सामाजिक सञ्जाल र फोन अध्ययनपछि प्रहरीले अनुसन्धानका लागि थप व्यक्तिलाई पनि बोलाएको छ ।
कमल नेपाल प्रहरी नियन्त्रणमा छन् । सोमबार पक्राउ परेका उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको छ । उनको पोलिग्राफ जाँच पनि गरेको छ । तर, स्थानीयबासीले आशंका गरे जस्तो रिनाको हत्या भएको कुनै प्रमाण भेटिएको छैन ।अनुसन्धानमा संलग्न प्रहरीकाअनुसार घटना भएको राति उनको डेरामा कोही पुरुष पुगेको भेटिँदैन । मृत्युको कारण भवितव्य दुर्घटना हुनसक्ने प्रहरीको आशंका छ ।
तर, स्थानीय त्यसलाई मान्न तयार छैनन् । शवको अवस्था, शव भेटिएको स्थान आदि कारण तीन तलामाथिबाट झरेर रिनाको मृत्यु भएको होइन भन्छन् उनीहरु । त्यसैले स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन समेत थालेका थिए । तर, नेकपा र कांग्रेसको राजनीतिक स्वार्थ बाझिएपछि समिति नै विघठन भएको छ । घटना भएको नौ दिनपछि आइतबार आफन्तले सुनसरीको चतरा घाटमा रिनाको दाहसंस्कार गरेपछि संघर्ष समिति पनि विघटन भएको छ ।
प्रेम सम्बन्धबारे जानकार थिए श्रीमान सन्तोष : रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरुको १४ वर्षका छोरा छ । सन्तोष विदेश गएपछि रिना छोरासँग पथरीमा बस्दै आएकी थिइन् ।सन्तोष बेलाबेला छुट्टी मिलाएर घर आउँथे । डेढ वर्षअघि नेपाल आएको बेला श्रीमतीको प्रेम सम्बन्धबारे जानकारी पाएका थिए । त्यसैले पैसा पठाउन पनि कम गरेका थिए ।श्रीमतीको प्रेम सम्बन्धका कारण उनले विदेशबाट पैसा पनि कम पठाउने गरेका थिए । उनले प्रहरीलाई दिएको बयानमा पनि त्यसलाई स्वीकार गरेका छन् ।
ठेलावालालाई तनाव : घटनाबारे अनेक शंका उपशंका भइरहेका बेला ठेलावाला देखिएको एउटा सीसीटीभी फुटेज सार्वजनिक भयो, जसलाई मानिसहरुले रिनाको हत्यापछि शव फाल्न लगेको अनुमान गरे ।
प्रहरीले पनि ठेला कुदाउने कान्छा शेर्पालाई खोजेर ल्यायो । विहान पौने ५ बजे ठेलामा आलु र प्याज बोकेका उनले प्रहरी समक्ष विहान लास देखेको तर डरले नभनेको बताएका थिए । विहानीपख दमकबाट आएको ट्रकले ल्याएको आलु तरकारी पसलमा पुर्याएका शेर्पाको संलग्नता नदेखिएपछि प्रहरीले छाड्यो । तर, कतिपयले आफूलाई दोषीका रुपमा प्रस्तुत गर्दा तनाव भोग्नुपरेको छ ।प्रहरीले आलु झार्ने र उनले आलु पुर्याइदिएको पसलका सञ्चालकसँग पनि सोधपुछ गर्यो ।
इञ्चार्ज फेरिए
रिनाको शंकास्पद मृत्युलाई इलाका प्रहरी कार्यालय पथरीको प्रहरी इञ्चार्ज फेरिएका छन् । स्थानीयबासीले सोमबार र मंगलबार आन्दोलन गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले पथरीका इञ्चार्ज प्रहरी निरिक्षक कमल बजगाईंलाई जिल्ला तानेर प्रहरी निरीक्षक सुभास भट्टराईलाई पथरी इञ्चार्ज बनाएको छ ।घटनाको प्रहरी नायव उपरीक्षक नवराज ढुंगाना नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
April 30, 2019 6:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध