स्वास्थ्यका कारण भ्रमण छोट्याएर स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी
काठमाडौं, १८ वैशाख । बेल्ट एण्ड रोड सम्मेलनमा सहभागि हुन चीन पुगेका राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छिन् । चीन भ्रमणमा रहेका राष्ट्रपति भण्डारी मंगलबार तिब्बतको राजधानी ल्हासा पुगेकी थिइन् । ल्हासा भ्रमणको क्रममा स्वास्थ्य अवस्थामा असहजता महसुस गरेपछि उनी आज नेपाल फर्किएकी हुन् । राष्ट्रपति भण्डारी आज बिहान १०ः४० को विमानबाट नेपाल फर्किइन् ।
प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको हो । समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा धेरैलाई हाइ अल्टिच्युड हुने गर्छ । स्वास्थ्य समस्याका कारण निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी उनी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् । ९ दिने भ्रमण पुरा गरी उनी वैशाख १९ गते अर्थात् विहीबार स्वदेश फर्कने कार्यक्रम तय भएको थियो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन् । उनले चिनियाँ समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गरिन् । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
May 1, 2019 3:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता