सबैको मनमा बस्न सफल चिकित्सक डा. मुकुन्द दाहालको अल्पआयुमै निधन
काठमाडौ । सबैको मनमा बस्न सफल चिकित्सक डाक्टर एवं नेपाल चिकित्सक संघका उपाध्यक्ष डा मुकुन्द दाहालको निधन भएको छ । ५४ बर्ष पुग्न १ दिन बाँकी छँदा आज विहान २ बजे बसुन्धरास्थित बिपी स्मृति अस्पताल बसुन्धरामा उनको निधन भएको हो।डा दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १०औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए । ब्रेन एनोरिजमको समस्याबाट ग्रसित उनको लामो समय देखि घरमै उपचार भइरहेको थियो ।
केही दिन देखि ज्वरोको समस्या थपिएपछि उनलाई परिवारले हिजो मात्रै बीपी स्मृति अस्पताल पुरयाएका थिए । लामो समय देखि ब्रेन एनोरिजमको समस्यामा हुनुहुन्थ्यो । पछिल्लो पटक ज्वरो समेत थपियो । अवस्था अलि जटिल नै थियो । बीपी स्मृति अस्पतालका निर्देशक डा धनबहादुर रानाले बताए ।
चिकित्सा पेसाका एक इमानदार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन पुगेको नेपाल चिकित्सक संघले बताएको छ । संघले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय तथा संघका सम्पूर्ण शाखा कार्यालयहरु २०७६ बैसाख १९ गते एक दिनका लागि बन्द गरिने महासचिव लोचन कार्कीले बताएका छन् । डा दाहालको पार्थिक शरीरमा श्रद्धान्जलीका लागि बिहान ९ः३० बजेदेखि बिपी स्मृति अस्पताल बसुन्धरामा राखिएको छ ।
May 2, 2019 12:57 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता