कमिशनका लागी पेट्रोलियम पदार्थको मुल्य वृद्धिः नैनसिंह महर
काठमाडौँ – नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले सरकार जनताका लागी नभई माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेका बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान अध्यक्ष महरले सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट संञ्चालित भएको आरोप लगाएका हुन् ।
सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेकनेगरी पेट्रोलियम पर्दार्थको मुल्य बृद्धि गरेको छ, यो कुनै हालतमा मान्य छैन, मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन हुने महरले चेतावनि दिए ।
निगमको अहिले पाक्षिक नाफा ७ करोड भन्दा बढी छ यस्तो बेला जनतालाइ राहत दिन मुल्य घटाउन छोडेर झन किन बढाएको भन्दै महरले सरकार आफै व्यापारी भएर कल्याणकारी वन्न नसकेको बताए । बाइडबडी, ३३ किलोसुन ,बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरुलाई पैसा पुगेन र पेट्रोलियम पर्दार्थको मुल्य बढाएको हो , यो जनतामारा सरकार हो ।’
सरकारप्रति निकै आक्रमक देखिएका महरले भने ‘स्वचालित मुल्यका नाममा सरकारले आयल निगमलार्इ भष्ट्राचारको गोदाम बनाएको छ, भन्ने बेला स्वाचालित भन्ने अनि घटेको बेला नघटाउने, बढेको बेला मात्र मुल्य बढाउने यो कस्तो स्वचालन मुल्य प्राणली हो ? तिन महिना सम्म मुल्य घटेको बेला नेपालमा किन नघटाएको ?’
कम्युनिस्ट सरकार बने पश्चात जनताका दैनिक उपभोग्य चीजवस्तुमा ३००५ भन्दा वढी मूल्य वृद्धि भएको र यस पटक पनि पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले अझ मुल्य आकासीएर जनताले सास्ति वेहोर्नु परेको आरोप लगाए ।
May 3, 2019 1:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता