नरेन्द्र मोदी अब १०–१५ दिनका लागि मात्रै भारतको प्रधानमन्त्री हुनेछन : राहुल गान्धी
नयाँदिल्ली । लामो समय देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना गर्दै आउनु भएका भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले आज फेरि अर्को बयान दिनु भएको छ ।आज पत्रकार सम्मेलन गर्दै उहाँले मोदी र भारतीय जनता पार्टीको सरकारलाई केही दिनको पाहुना भएको भन्नु भएको छ । आधा चुनाव पछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने निश्चय नै भएको उहाँले दावा गर्नुभएको छ ।
उहाँले रोजगार र भ्रष्टाचारलाई ठूलो मुद्दा बताउँदै प्रधानमन्त्री मोदी र भाजपालाई निशाना बनाउँदै आउँनु भएको छ । उहाँले अहिले सबैले मिलेर भाजपालाई हराउन लागेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ ।’
उहाँले भारतीय जनता पार्टीसँग कुनै खास मुद्धा नभएको भन्दै जनताको ध्यान भड्काउन अनेक षडयन्त्र भइरहेको पनि दावा गर्नुभयो । यो सँगै उहाँले राज्यका स्वन्त्र निकायहरुमा सरकारको कब्जा रहेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले निर्वाचन आयोग, सिबिआई लगायतका संस्थानहरुलाई कमजोर बनाएको टिप्पणी गर्नुभएको छ । यो सँगै उहाँले मोदीलाई अब १० देखि १५ दिनको पाहुना भएको भन्दै ब्याङ्ग्य गर्नुभएको छ । एक फरक प्रशंगमा मोदीलाई पत्रकार सम्मेलन गर्न पनि चुनौती दिनु भएको छ ।
May 4, 2019 3:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता