अस्ट्रेलियामा सामान ल्याउने नितिमा थप कडाइ र परिवर्तन, प्रतिबन्धित गरेको वस्तु भेटिएमा भिसा रद्द समेत हुन् सक्ने ।
सिड्नी – अस्ट्रेलिया आउने बेला सामान ल्याउने नीतिमा थप कडाइ र परिवर्तन हुने भएको छ । यसै त अस्ट्रेलियाको अध्यागमन नीतिलाई तुलनात्मक रूपमा कडा मानिन्छ । त्यस माथि २०१९, अप्रिल १७ गते देखी अध्यागमनका अधिकारीलाई थप अधिकार दिइएको छ । उक्त अधिकार प्रयोग गरेर यदि कुनै पनि विदेशी यात्रुले लिएर आएको सामानमा प्रतिबन्ध गरिएको सामान भेटिएमा र उक्त बस्तुको विवरण अध्यागमनको फारममा उल्लेख नगरेको पाइएमा उनीहरूको भिसा रद्द गरी तुरुन्तै फिर्ता पठाउन सक्नेछन् । वा भिसाको अवधि छोट्ट्याउने छन् ।
त्यसरी फिर्ता भएका विदेशी वा पर्यटहरूले तीन वर्षसम्म पुनः अस्ट्रेलियाको भिसा पाउने छैनन् भने अस्ट्रेलियन नागरिकहरूले त्यस्ता वस्तु अध्यागमन फारममा उल्लेख नगरी भित्राएको खण्डमा ६० हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तथा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने जनाइएको छ ।
अस्ट्रेलियाको कडा जैविक सुरक्षा नीतिले कतिपय विदेशी खानेकुरा, वनस्पति तथा पशु उत्पादनलाई अस्ट्रेलिया छिर्न रोक लगाएको छ । ती प्रतिवन्धित वस्तुहरूमा किटाणु तथा रोगहरू भित्रिने खतरा भएको र त्यसले अस्ट्रेलियाको कृषिमाथि गम्भीर खतरा उत्पन्न हुन सक्ने भएकाले अस्ट्रेलियामा यस्ता वस्तुहरूलाई रोक लगाइने गरेको छ ।
त्यति मात्र होइन, त्यस्ता बाहिरबाट आउने खानेकुराले अष्ट्रेलियामा माहामारी फैलाउन सक्ने किटाणु हुने तथा कृषकहरूले लगाएको बाली नष्ट भई गम्भीर शंकट आउन सक्ने भएकाले रोक लगाइएको अस्ट्रेलियन सरकारको दाबी छ । यो नीति लागू भएपछि नेपालबाट अस्ट्रेलिया घुम्न वा आफन्तलाई भेट्न आउने अभिभावकहरूले सामान ल्याउँदा निकै सावधान अपनाउनुपर्ने देखिन्छ । अङ्ग्रेजी राम्रोसँग नजान्ने अभिभावकहरूले प्रतिबन्धित खानेकुरा वा सामान ल्याएर अस्ट्रेलिया आउँदा हवाइजहाजमा दिइने अध्यागमन फारमलाई सही तरिकाले भर्न जानेनन् भने पनि अध्यागमन अधिकारीहरूले कारवाही गर्न सक्नेछन् ।
अस्ट्रेलियामा केके ल्याउन पाइन्छ ?
खानेकुराः यदि तपाईंले खानेकुरा ल्याउनुभएको छ भने प्लेनमा दिइने प्यासेन्जर कार्डमा ल्याएको वस्तुको विवरण भर्नुपर्दछ । बायो सेक्युरिटी अधिकारीहरूले तपाईंले ल्याएको खानेकुरा जाँच गर्न सक्छन् ।
औषधीः व्यक्तिगत प्रयोजनका लागि औषधी ल्याउन पाइन्छ तर त्यस औषधीको प्रेस्क्रिप्सन (अङ्ग्रेजीमा लेखिएको) हुनुपर्नेछ । आफूले खाँदै गरेको औषधी, अष्ट्रेलियन बोर्डर फोर्सलाई देखाउनुपर्नेछ ।
बनस्पति, फूल र बिरुवाहरूः जरासहितका वनस्पतिहरूलाई अस्ट्रेलियामा ल्याउन प्रतिबन्ध लगाइएको छ । यदि कसैले ल्याउन चाहेमा भने ‘डिपार्टमेन्ट अफ एग्रिकल्चर एण्ड वाटर रिसोर्सेस’बाट अनुमति लिनुपर्नेछ ।
तपाईं अष्ट्रेलिया आउँदै हुनुन्छ भने तपाईंलाई फ्लाइटमा एउटा प्यासेन्जर कार्ड वा अध्यागमन कार्ड दिइन्छ । त्यस कार्डमा तपाईंले केके सामान ल्याउनुभएको छ भनेर विवरण लेख्नुपर्ने हुन्छ । त्यसपछि विमानस्थलमा अध्यागमन अधिकारीले तपाईंको सामान चेकजाँच गर्नेछन् । यदि तपाईंले आफ्ना सामानको गलत विवरण भर्नुभएको छ र प्रतिबन्धित सामान ल्याउनुभएको छ भने अध्यागमन अधिकारीहरूले कारवाही गर्न सक्नेछन् । के के ल्याउन पाउने केके नपाउने हेर्न यहाँ किल्क गर्नुहोस् ।
May 4, 2019 4:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड