किराया शाखा कतारको ७ औं अधिवेशन सम्पन्न
“भाष, लिपी, धर्म र संकृती हाम्रो पहिचान, सम्पूर्ण किरात राईहरुको एकता हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशन हिजो ३ मई २०१९को दिन विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै सम्पन्न गरेको हो ।
नेपालको विभिन्न क्षेत्रबाट रोजगारको सिलसीलामा यहा रहनु भएका संम्पूर्ण किरात राई दाजु भाई तथा दिदीबहिनीहरुलाई एक बनाई सुख दुख साटासाट गर्दै आफ्नो मौलिक संकृती संरक्षकक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले वि सं २०६०सालमा स्थापित किरात राई यायोक्खा शाखाको सातांै अधिवेशन अध्यक्ष श्री एकराज राई को सभापतित्व तथा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष श्री शिव कुमार भूजेलको प्रमुख आतिथ्यमा र महासंघ कताारका सल्लाहकारहरु, महासंघ कतारमा आबद्द सम्पूर्ण मातृ सस्थाहरु, प्रभुद्ध व्यक्तित्वहरु, विभिन्न ब्यावसायी तथा समाजसेवी ,वैचारिक संस्थाहरु जिल्ला संस्थाहरु लगाएत दोहा कतारमा कार्यरत किरात राई तथा गैर किरात राईहरुको बाक्लो सहभागितामा कतार स्थित सनैयाको बैशाखी रेष्टुरेण्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ ।
किरात राई यायोक्खा शाखा कतारको सातौं अधिवेशनले नव निर्वाचित अध्यक्ष श्री विमल राईको नेतृत्वमा नया कार्यसमिति चयन गर्दै बरिष्ठ उपाध्यक्षमा लोक बहादुर राई, प्रथम उपाध्यक्षमा ननिन्द्र राई, द्धितिय उपाध्यक्षमा सिता राई, महासचिवमा शंकरमान राई, सचिवमा श्याम वान्तावा राई, कोषाध्यक्षमा गजेन्द्र राई, सह कोषाध्यक्षमा ज्ञानु राई, सांस्किृतिक संयोजकमा राजकुमार राई, महिला संयोजकमा निर्मला राई त्यसै गरि सदस्यहरु कल्पना राई, शुक्र कुमार राई, हर्क वालिङ राई ,प्रेम राई, हरि चन्द्र राई, पुर्ण बहाुर राई, ईन्दिरा राई, जीवन राई, रमेश राई, सरिता राई, दिल कुमार राई र धन कुमार राईको २३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
शन्करमान राई
महासचिव
किरात राई यायोक्खा शाखा कतार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता