बाख्राको मासु खाँदा एकै गाउँका १५ जना बिरामी
डोटी – डाेटीकाे आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेका अनुसार, शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो ।
इलाका प्रहरी कार्यालयका अनुसार, बाख्राको मासु खाएर गम्भीर बिरामी पर्नेहरुमा आर्दश गाउँपालिका १ की नौ वर्षीया सरस्वती खड्का, २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया ईस्सरादेवी खड्का र तीन वर्षीया उर्मिला खड्का रहेका छन् । त्यसैगरी दुई वर्षीया एलिसा खड्का, आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्का रहेका छन् । बाख्राकाे मासु नपकाई खाएका कारण उनीहरु बिरामी परेको हुन सक्ने स्थानीयले बताएका छन् ।
शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरले मासु खाएर बिरामी परेकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीकाे क्रमिकरुपमा सुधार भैरहेको जानकारी दिनुभयो । ‘स्थानीयले खाएको बाख्राको मासुमा केही न केही रोग हुनुपर्छ, अहिले केहीको अवस्था सुधार भएको छ भने साना केटाकेटीलाई भने अहिले पनि समस्या नै छ,’ उहाँले भन्नुभयो । बाख्राको मासु खाँदा गाउँले बिरामी परेकाे बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताउनुभयो ।
May 5, 2019 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता